२०७९ मंसिर १४ , बुधवार

रुपन्देही–२ का उम्मेदवार राजु गुरुङको रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा

raju-gurung_samajbadi

सुनाखरी न्युज/ काठमाडौं ।

रुपन्देही क्षेत्र नम्बर २ मा सत्तारुढ गठबन्धनका तर्फबाट प्रतिनिधिसभातर्फ  उम्मेदवार बनेका राजु गुरुङले उम्मेदवारी खारेजीविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन सोमबार ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । उक्त रिट निवेदन सोमबार न्यायाधीशद्वय सुष्मालता माथेमा र कुमार रेग्मीको संयुक्त इजलासमा परेको थियो । अन्तरिम आदेशको सम्बन्धमा सुनुवाइका लागि पेसी तोकिए पनि सो रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा परेको हो ।

 

नेकपा एकीकृत समाजवादी पार्टीका गुरुङले सत्तारुढ गठबन्धनको तर्फबाट सो क्षेत्रमा उम्मेदवार दर्ता गराए पनि कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको भन्दै निर्वाचन अधिकृतको कार्यालयले उनको उम्मेदवारी खारेज गरेको थियो ।