२०८० चैत्र १६ , शुक्रवार

सन्दीप लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति

सुनाखरी न्युज/ काठमाडौं ।

निलम्बित क्रिकेटर सन्दीप लामिछानेलाई थप चार दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ।

प्रहरी वृत्त गौशालाले अनुसन्धान नसकिएको भन्दै १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका उनलाई थप हिरासतमा राख्न बुधबार अदालतसँग अनुमति मागेको थियो। यससँगै अदालतले उनलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौ‌ंका एसपी दिनेशराज मैनालीले जानकारी दिए।

पछिल्लो पटक २७ असोजमा अदालतले पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो।

प्रहरीले अनुसन्धान सकाएपछि प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंसमक्ष पेस गर्नेछ। त्यसपछि थुनछेकको बहसको काम सुरू हुनेछ।

२० असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका उनीमाथि प्रहरीले २० असोजबाटै गणना हुने गरी पहिलोपटक गत २४ असोजमा सात दिनको म्याद थप गरेको थियो।