२०८० चैत्र १५ , बिहिवार

राजु गुरुङको मुद्दा कुमार र सुस्मलताको संयुक्त इजलासमा

सुनाखरी न्युज/ काठमाडौं ।

रुपन्देही– २ सत्ता गठबन्धन्धनका साझा उम्मेदवार राजु गुरुङको रिट न्यायाधीशद्वय कुमार रेग्मी र सुस्मलता माथेमाको संयुक्त इजलासमा परेको छ ।

निर्वाचन अधिकृतको कार्यालयले  बैंकिङ कसुरमा कालो सूचीमा परेको भन्दै गुरुङको उम्मेदवारी खारेज गरिदिएपछि उनले सर्वोच्चमा रिट दायर गरेका थिए ।

 

रिटमा प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्च अदालतले यसअघि उम्मेदवारी खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । आज अन्तरिम आदेश दिने कि नदिने सम्बन्धमा दुवै पक्षलाई बोलाइएको छ ।