२०८१ बैशाख ७ , शुक्रवार

इन्टरपोलको ९०औं महासभा समुद्‍घाटन

सुनाखरी न्युज/ काठमाडौं । प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलको ९०औं महासभाको आज भारतको नयाँ दिल्लीमा समुउद्‍घाटन भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले एक समारोहबीच समुउद्‍घाटन गर्नुभएको उक्त महासभामा भाग लिन प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहको नेतृत्वमा ५ सदस्यीय टोली हिजो सोमबार नै त्यसतर्फ प्रस्थान गरेको थियो ।

उद्‍घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले अहिलेको ग्लोबलाइजेसनको युगमा इन्टरपोल बिना विश्वको कल्पना गर्न नसकिने भएकोले इन्टरपोललाई अझ सशक्त बनाउनुपर्ने बताउनुभयो । विशेषत: साइबर क्राइम, टेरोरिजम र बालबालिकामाथिको शोषण अन्त्य गर्न अन्तर्राष्ट्रिय प्रहरी समन्वय र सहयोगलाई अझ मजबुद बनाउँदै लैजान अपरिहार्य रहेको उहाँले उल्लेख गर्नुभयो ।

उद्‍घाटन समारोहमा भारत सरकारका गृहमन्त्री अमित शाह लगायतका मन्त्रीहरुको सहभागिता रहेको थियो । उक्त महासभामा नेपाल सहित १ सय ७५ राष्ट्रका प्रहरी प्रमुख तथा उच्च अधिकृतहरूको सहभागिता रहेको छ । भारत सरकारले यो आयोजनालाई अत्यन्त महत्वपूर्ण रूपमा लिएको छ ।