सुनाखरी न्युज/नवलपरासी पूर्व । “ ६७ औं प्रहरी दिवस २०७९” अवसरमा जिल्ला प्रहरी कार्यालय नवलपरासी( बर्दघाट-सुस्ता पूर्व)मा विशेष समारोहको आयोजना गरी मनाईयो ।
यस कार्यालयका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा जिल्ला स्थित सुरक्षा निकायका प्रमूख, पुर्व प्रहरी कर्मचारीहरु, अमर प्रहरी परिवार, पत्रकार तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि लगायत उपस्थित सम्पुर्णबाट अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण गर्नुका साथै प्रमुख अतिथिबाट ६७ औं प्रहरी दिवस २०७९को पूर्वसन्ध्यामा आयोजना गरिएका डबल ब्याडमिन्टन प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने प्रहरी कर्मचारीहरुलाई मेडल तथा प्रमाणपत्र समेत वितरण गर्नु भयो । ६७औं प्रहरी दिवस २०७९ सबै प्रदेश प्रहरी कार्यालयहरु तथा मातहत समेतमा विविध कार्यक्रमहरुका साथ मनाइएको छ ।