२०८१ बैशाख १२ , बुधवार

बैंकहरूमा एक सातामा ८ अर्ब थपियो निक्षेप

सुनाखरी न्युज/ काठमाडौं । वाणिज्य बैंकहरूमा पछिल्लो एक साता ८ अर्ब रुपैयाँ निक्षेप थपिएको छ ।

 

नेपाल बैंकर्स एसोसिएसनका अनुसार असोज २१ गतेसम्म कुल ४५ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा २८ गतेसम्म ४५ खर्ब १९ अर्ब कायम भएको छ । समग्रमा असोजको २८ दिनमा ३३ अर्ब रुपैयाँ निक्षेप थप भएको छ ।

 

कर्जा प्रवाहमा भने स्थिरता देखिएको छ । भदौ मसान्तसम्म कुल ४१ खर्ब ९० अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा असोजको २८ गतेसम्म आउँदा ३ अर्ब बढेर ४१ खर्ब ९३ अर्ब कायम भएको छ ।