२०८१ बैशाख ८ , शनिवार

गोल्डेन नेचर बोर्डिङ स्कुलमा नेपाली हस्तलेखन प्रतियोगिता सम्पन्न

सुनाखरी न्युज/ पोखरा । पोखरा महानगरपालिका, वडा नं. ३०, खुदी–ढुङ्गेपाटन अवस्थित गोल्डेन नेचर बोर्डिङ स्कुलले आफ्नो शैक्षिक क्यालेण्डरमा उल्लेख भए बमोजिम कक्षा ५ देखि ८ सम्म अध्ययनरत विद्यार्थीहरूका लागि नेपाली हस्तलेखन प्रतियोगिता सम्पन्न गरेको छ ।

 

विद्यार्थीहरूमा रहेको हस्तलेखन क्षमतामा सुधारका साथै थप निखार ल्याउने उद्देश्यले आयोजित उक्त प्रतियोगितामा अनुसा काफ्लेले प्रथम स्थान प्राप्त गर्न सफल भइन भने साधना गौतमले द्वितीय स्थान, दिप्ती त्रिपाठीले तृतीय स्थान र सुष्मा जमरकट्टेल र दिपशिखा गुरुङले सान्त्वना स्थान प्राप्त गर्न सफल भए ।

 

उक्त कार्यक्रमको संयोजन विद्यालयका शिक्षिकहरू सकुन्तला घिमीरे र सृजना घिमीरेले गर्नु भएको थियो ।