२०८१ बैशाख १२ , बुधवार

आयात रोकिएका वस्तुको एलसी नखोल्न निर्देशन

सुनाखरी न्युज/ काठमाडौं ।
सरकारले आयात रोक लगाएका वस्तुहरुको प्रतितपत्र ९एलसी० नखोल्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । आइतबार एकीकृत परिपत्र ०७८ संशोधन गरी राष्ट्र बैंकले उक्त निर्देशन दिएको हो ।

 

विदेशी मुद्रा सञ्चितिमा अपेक्षित सुधार नभएको भन्दै सरकारले सबै प्रकारका निजी गाडी, १५० सीसीमाथिका मोटरसाइकल, सबै तयारी मदिरा र ३ सय डलरमाथिका स्मार्टफोन आयातमा रोक लगाउँदै आएको छ ।

पछिल्लो समय गत शुक्रबार ती वस्तुको आयात थप २ महिनाका लागि रोक्का गर्ने निर्णय सरकारले गरेको छ । सोही निर्णयका आधारमा ती वस्तु आयातका लागि एलसी नखोल्न राष्ट्र बैंकले निर्देशन दिएको हो ।

उल्लिखित वस्तुको आयातमा प्रतिबन्ध खुलाउन उद्योगी व्यवसायीले निरन्तर दबाब दिए पनि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद् बैठकले थप दुई महिनाका लागि प्रतिबन्ध यथावत् राख्ने निर्णय गरेको छ ।