२०८१ बैशाख ७ , शुक्रवार

नेप्सेमा ९.६९ अंकको गिरावट

सुनाखरी न्युज/ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो कारोबारको दिन आज आइतबार सामान्य अंकले घटेको छ । आज नेप्से ९.६९ अंकले घटेर एक हजार ८ सय ६० दशमलब ९४ विन्दुमा बन्द भएको हो ।

 

त्यस्तै, आज नेप्सेमा ८० करोड ३५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ३० वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १४८ वटा कम्पनीको शेयरमूल्य घटेको छ । यसमध्ये पनि एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज अभियान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ७३४.६० रुपैयाँ पुगेको छ ।

 

नेप्सेका अनुसार पिपुल्स पावरको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य १० प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी एभरेष्ट बैंकको भएको छ । यसको आज ८ करोड ४७ लाख भन्दा बढीको कारोबार भएको छ ।