२०८१ बैशाख १४ , शुक्रवार

प्याराग्लाइडिङ दुर्घटना हुँदा आर्मीका खेलाडी निशिमको निधन

सुनाखरी न्युज/ पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत प्याराग्लाइडिङ दुर्घटना हुँदा खेलाडी निशिम थापाको निधन भएको छ ।

 

आइतबार विहानउडानको केही समय पछि नै उनीदुर्घटनामा परेकाहुन् । पोखरामाजारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाली सेना बाट सहभागी २८ वर्षिय निशिम पोखरा सराङकोट बाट उडान भरेका थिए । प्रतियोगिता अन्तर्गत पुरुष तर्फको क्रस कन्ट्रिको खेल जारी रहेको थियो । “उडान लगतै उनको प्याराग्लाइडिङ ‘कोल्याप्स’भयो,” एक प्रत्यक्षदर्शीले भने–“उनी सोझै पोखरा १८ सराङकोटस्थित एक निर्माणाधिन भवनमा खस्न पुगे । जहाँ उनको निधन भयो ।”

 

लामो समय देखि पोखरामा रहेर प्याराग्लाइडिङमा सहभागि निशिम पोखरा १० मा बस्छन् । उनको घर भने गोरखा पालुङटार हो ।उनीप्याराग्लाइडिङ खेलाडीहरुको छाता संस्था एफएआईका कम्पिटिशन वरियता प्राप्त खेलाडी समेत हुन् । अहिले उनको शवपोखरा ८ सृजनाचोक स्थित मेट्रो अस्पतालमा रहेको छ । उनको निधन संगै आजहुने भनिएकाप्याराग्लाइडिङतर्फका सबै खेलहरु रद्ध भएको आयोजकले जनाएको छ ।