२०८१ बैशाख १३ , बिहिवार

एक्यानको दीगो आर्थिक विकास विषयक राष्ट्रिय सम्मेलन सम्पन्न

सुनाखरी न्युज/ काठमाडौं । एसोशिएसनअफ चार्टर्ड एकाउण्टेण्ट्स अफ नेपाल (एक्यान)ले दीगो आर्थिक विकास विषयक राष्ट्रिय सम्मेलन सम्पन्न गरेको छ । शुक्रवार एक्यानले आफ्नो वार्षिकोत्सवको अवसरमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको प्रमुख आथित्यतामा दिगो आर्थिक विकास सम्बन्धि राष्ट्रिय सम्मेलन आयोजना सम्पन्न गरेको हो ।

 

 

सम्मेलनमा छुटछुटै विषय र बहसमामुलुकमादिगो आर्थिक विकासकाविषयमा छलफल समेत गरेको छ । एक्यानका अध्यक्ष दिपक पाण्डेले चार्टर्ड एकाउण्टेण्टहरुले नै दिगो विकास गर्ने किनभुमिका खेल्न अगाडि बढ्ने र निजी सरकारी क्षेत्रको आर्थिक पार्दशिताबनाउनको लागिहातेमालो गर्न चाहेकाले नीतिगत जटिलता समाधानखोज्न सम्मेलन आयोजनागरिएको बताउनु भयो । उहाँले नेपालको बजेट खर्च गर्ने प्रवृति समेत कमजोर गरेको भन्दै यसलाई परिर्वतन गर्ने विषयमादिगो आर्थिक विकास सम्मेलनले एउटा डिपाचर ल्याउन सक्ने बताउनु भयो । अध्यक्षपाण्डेले दिगो आर्थिक विकासको राष्ट्रिय सम्मेलनले दिगो आर्थिक विकासकालागिनयाँकार्यदिशादिने बताउनु भयो ।

 

उहाँले एक्यानतीनै तहका सरकारसँगदिगो विकासको लक्ष्य पुरा गर्न हातेमालो गरेर अगाडि बढ्न तयार रहेको बताउनु भयो । उहाँले भन्नुभयो,‘बजेट खर्च गर्ने प्रवृतिकमजोर छ । दिगो विकास सम्मेलनले डिपाचर गर्ने छ । नयाँदिशाबनाउने कोशिस गर्ने छ । चार्टर्ड एकाउण्टेन्टसहरुले नै दिगो विकास गर्ने किनभुमिका खेल्न अगाडि बढ्ने र निजी सरकारी क्षेत्रको आर्थिक पार्दशिताबनाउनको लागिहातेमालो गर्न चाहान्छौं। एसोशिएसनअफ चार्टर्ड एकाउण्टेन्टस (एक्यान) तीनै तहका सरकारसँग दिगो विकासको लक्ष्य पुरा गर्न हातेमालो गरेर अगाडि बढ्न चाहन्छ। यो नै संघीयतामा र संविधानको मर्म हो ।

 

अबको केहीवर्षमा अर्थतन्त्रमा फड्को मार्ने छौं र गर्व महशुस गर्ने छौं ।’त्यस्तै, कार्यक्रमकाप्रमुखअथितिपूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले समयको व्यवस्थापन गर्न नसकेसम्म देशको समृद्धि नहुने बताउनु भयो । उहाँले आर्थिक विकास र मुलुकमाउत्पादन बढाएर मात्रै मुलुकमादिगो आर्थिक विकास गर्न सकिने बताउनु भयो । पूर्वप्रधानमन्त्री भट्टराईले एक्यानले गरेरको दिगो आर्थिक विकास सम्बन्धि राष्ट्रिय सम्मेलनले दिगो आर्थिक विकासको भावी योजनातथाकार्यान्वयनमा सहजताआउने बताउनु भयो । उहाँले नेपालमा सबैले आफैले आफैलाई ठग्ने अवस्थामापुगेको बताउनु भयो । डा. भट्टराईले नेपालीकाँग्रेस अर्थविद् डा. स्वर्णिम वाग्लेलाई टिकट नभएको प्रति असन्तुष्टि जनाउनु भयो। उहाँले देशको ठूलो लोकतान्त्रिकभन्ने पार्टी नेपालीकाँग्रेसले वाग्लेलाई चुनाव लड्नेको लागि टिकट नदिएको भन्दै टिप्पणी गर्न भयो । उहाँले डा.वाग्ले जस्ता विद्वानहरुलाई निर्वाचन लड्नको लागि टिकट नदिए देश विकास हुननसक्ने बताउनु भयो । डा.भट्टराईले बुद्धिजीवी र विकास गर्ने विज्ञहरुलाई राजनीतिकबाट बन्चित गर्ने हो भने देश विकास गर्न सम्भव नभएको बताउनु भयो । उहाँले विज्ञहरुलाई देश भन्दाबाहिर पठाएर मुलुकभित्रगरिव निमुखामात्रै बस्ने हो भने दिगो आर्थिक विकास गर्न समस्याहुने बताउनु भयो ।

 

त्यस्तै कार्यक्रममाबोल्दै नेपालीकांग्रेसका केन्द्रिय सदस्यएवं उद्योगपतिविनोद चौधरीले आफूले चार्टर्ड अकाउण्टेन्ट हुने धोको पूरा गर्न नसकेको भन्दै अहिले चार्टर्ड एकाउण्टेन्टको जमात हेर्दा आफू चुकेको जस्तो लाग्ने बताउनु भयो । उहाँले रोजगारका लागिविदेशिने युवाहरुको जमातलाई स्वदेशमै रोजगारी सिर्जना गर्न आफूले उम्मेदवारी दिएको बताउनु भयो । उहाँले युवाले खोजेको रोजगारी र नेपालबनाउनको लागिप्रत्यक्षनिर्वाचनमा उठेको बताउनु भयो । चौधरीले अब योजना र भिजनभएकायुवाहरु राजनीतिमाआउनुपर्नेबताउँदै मुलुकको दिगो विकास अगाडि बढाउनको लागि पैसा र शक्तिकेन्द्र प्रयोग गर्न कमीनहुँदासमेत युवाहरुको समस्या परिपूर्तिका लागिआफू राजनीतिमालागेको बताउनु भयो ।

 

यता,नेपाल नेपाल राष्ट्र बैंककीकार्यवाहकगभर्नर डा. निलम ढुङ्गाना तिमिल्सिनाले नेपालमादिगो आर्थिक विकासको बहस हुन जरुरी रहेको भन्दै एक्यानले दिगो विकास आयोजना गरेको भन्दै खुसीव्यक्त गर्नु भयो । उहाँले दिगो आर्थिक विकासले विश्वमाशान्ति, मानवअधिकार,जनताको हित , आर्थिक समृद्धि,पृथ्वीको रक्षा ,लैगिंक समानता र भोकमरी तथागरिबीको अन्त्यलाई समेट्ने बताउनु भयो । उहाँले नेपालको अर्थतन्त्रमावाह्य क्षेत्रमा परेको नकारात्मकप्रभाव अर्थतन्त्रको मुख्यचुनौती रहेको बताउनु भयो । कार्यवाहकगभर्नर डा.तिमिल्सनाले वस्तु तथा सेवाको आयातमाउच्च वृद्धि,कमजोर निर्यात,रेमिट्यान्समाकमितथा पर्यटन क्षेत्रमा अपेक्षाकृत वृद्धि नभएको कारण शोधानान्तर स्थितिमा परेको नकारात्मकप्रभाव अर्थतन्त्रको मुख्यचुनौतीको रुपमा रहेको बताउनु भयो ।डा. तिमिल्सिनाले अमेरिकी डलरको मागमाभएको वृद्धिका कारण अन्य मुद्रासहित नेपाली मुद्राको समेत अवमूल्यनभएको बताउनु भयो । उहाँले डलरको मूल्य बढेको कारण नेपालमाआउने रेमिटेन्स बढेपनिअन्य क्षेत्रमानकारामत्कप्रभाव परेको जानकारी दिनु भयो । पछिल्लो समयविश्वको अर्थतन्त्रमा नै ठूलो दबाब परेकाले नेपालमापनि मुद्रास्फीतिमादबाबकामय रहेको उहाँको भनाई छ । उहाँले आन्तरिक उत्पादनको वृद्धि गरी आयातप्रतिस्थापनतथानिर्यात प्रवद्र्धन गरी अर्थतन्त्रलाई सहीदिशामा अगाडि बढाउनुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

 

त्यस्तै, कार्यक्रममामहालेखा परीक्षक टंकमणि शर्मा दंगालले नेपालको अर्थतन्त्र अण्डरभ्याल्यु भएको बताए । उहाँले नेपालको जिडिपी जतिहो त्यो सबै एकाउन्टमा नआएको जिकिर गर्नु भयो । दंगालले जिडिपी अहिलेको भन्दा बढी हुनुपर्ने भएपनिविभिन्न कारणले ठोसरुपमा जिडिपी नआएको बताउनु भयो । उनले सरकार तथाअन्य सबै निकायलाई तीन÷चार वर्षदेखि मुलुकको जीडिपी राजश्व संकलनलगायतकाहिसाबले हेर्दा कम रहेको उल्लेख गर्नु भयो । अर्थविद् डा. स्वर्णिम वाग्लले युवा पुस्ताले मुलुकको नेतृत्व गरेपनि नेपाल सिंगापुर र स्विट्जल्याण्ड बन्ननसक्ने बताउनु भयो । उहाँले नेपाल सिंगापुर र स्विट्जल्याण्ड बन्ननसके पनिप्रतिव्यक्तिआयको हिसावले श्रीलंकको अवस्थामापुर्याउन सकिने बताउनु भयो । वाग्लले नेपालमाअबको तीन÷चार वर्षमापञ्चायत र राजतन्त्र फाल्नुपर्छ भनेर आन्दोलन गर्ने नेतृत्वबिस्थापितभइयुवा पुस्ताले नेतृत्वपाउने बताउनु भयो । वाग्लेले अहिले नेपालमा राजनीतिक परिवर्तन आएको भए राजनीतिक फड्को मारेर १२ देखि १३ सय प्रतिव्यक्ति आयबाट नेपालीको प्रतिव्यक्तिआय ४ हजार डलर पुग्ने अवस्थाभएपनित्यस्तो हुननसकेको बताउनु भयो । उहाँले त्यस्तो हुननसक्नु युवाहरुलाई राजनीतिमाआउन झ्याल ढोका नै बन्द गर्ने प्रबृत्ति कारक रहेको बताउनुभयो ।

 

त्यस्तै,नेपालउद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बैंकहरुले लिने अतिरिक्तशुल्क (प्रिमियम) ले समस्याआएको बताउनु भयो । उहाँले पछिल्लो समय अर्थतन्त्र संकटमा रहेको अवस्थामा समेत बैंकले अवसरको रुपमालिएको दाबी गर्नु भयो । अध्यक्ष गोल्छाले मौद्रिक नीति अर्थतन्त्रलाई संकुचित बनाउने तरिकाको भएको समेत आरोप लगाउनु भयो । उहाँले राष्ट्र बैंकको मौद्रिक नीतिले नै बैंकको ब्याजदर बढाउँदा समस्या उत्पन्न भएको बताउनु भयो । बैंक तथावित्तीय संस्था परिसंघका अध्यक्षपवनगोल्यानले प्राविधिको विकासलाई हेरेर अब क्रिप्टोकरेन्सीलाई खुल्ला गर्नुपर्ने बताउनु भयो । गोल्यानले जडिबुटी, जलविद्युत र कृषिमालगानी बढाएर निर्यातमार्फत नेपालको व्यापार घाटा कम गर्नसकिने उल्लेख गर्नुभयो ।