२०८१ बैशाख १३ , बिहिवार

लोकगायक राजु परियारलाई पितृशोक

सुनाखरी न्युज/ काठमाडौं । लोकगायक राजु परियारका बुबा मंगलसिंह परियारको ७२ वर्षको उमेरमा आइतबार बिहान निधन भएको छ ।

 

लमजुङको बेंसीसहर नगरपालिका–२, चिसापानी घर भइ हाल चितवन भीमनगर बस्दै आएका परियारको उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले बताएको छ । काठमाडौंमा उपचार गराइरहेका उनको स्वास्थ्यमा सुधार आएपछि दुई महिनाअघि चितवन ल्याइएको थियो । चितवनस्थित घरमा आइतबार बिहान एक्कासि स्वास्थ्यमा समस्या आएको र उपचारका क्रममा भरतपुर अस्पताल लगिएकोमा उपचारको क्रममा निधन भएको हो ।

लोकगायक राजु परियारले आफ्नो बुबाको निधन भएकोबारे फेसबुकमा तस्बिरसहित फेसबुकमा लेखेका छन् ।

मंगलसिंहका २ श्रीमती, ६ छोरा र २ छोरी हुन् । दुवै श्रीमतीसँग उनी चितवन बस्दै आएका थिए । काठमाडौंमा जेठो छोरा राजुले उपचार गराइरहेका थिए । राजु मंगलसिंहका जेठो छोरा हुन् ।