२०८१ बैशाख १३ , बिहिवार

सवारीसाधन परीक्षणमा कडाई, ६१० सवारीसाधन कारबाहीमा

सुनाखरी न्युज/ काठमाडौं ।
ट्राफिक प्रहरीले सवारीसाधनको चेकिङलाई कडाई गरेको छ । सवारीसाधनको नम्बर प्लेट स्पष्ट देखिने गरी नराखिएका छ सय १० र नम्बर प्लेट आकाशतिर फर्काउने ४१ दुई पांग्रे सवारी साधनका चालकलाई शुक्रबार कारबाही गरिएको छ ।

यस्तै ठूलो आवाज निकाल्ने सात मोटरसाइकलका चालक पनि कारबाहीमा परेको प्रहरीले आज एक सूचना जारी गरी जनाएको छ ।

शुक्रबारको विशेष जाँच अभियानमा काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट प्लेटमा स्पष्ट रुपमा नम्बर नदेखिने, मापदण्डअनुसार नम्बर प्लेट नराख्ने र नम्बर प्लेट आकाशतर्फ फर्काएर राख्ने दुई पाङ्ग्रे सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको हो ।

 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सह–प्रवक्ता एवम् प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले स्पष्टरुपमा देखिने र बुझिने गरी मापदण्ड अनुसारको नम्बर प्लेट बनाएर सवारी साधनको अगाडि र पछाडि राख्न अनुरोध गरे ।

रासस