२०८० चैत्र १६ , शुक्रवार

पशुपतिनाथमा अर्पण गरिएका सामग्री बिक्री सुरू

सुनाखरी न्युज/ काठमाडौं ।

पशुपतिनाथमा भक्तजनहरुले चढाएका सामग्रीहरुको बिक्री सुरू गरिएको छ ।

पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा भक्तजनहरुले अर्पण गरेका गहना, लत्ताकपडा लगायतका जिन्सी सामग्रीहरुलाई बिक्री कक्षमार्फत बिक्री गर्न सुरू गरेको हो । कोषले पशुपति क्षेत्र परिसरबाट असोज २३ गतेदेखि बिक्री वितरण सुरू गर्न थालेको जनाएको छ ।

 

मन्दिरमा संकलन भएका विभिन्न ३१ प्रकारका सामग्रीहरुलाई तोकिएको मूल्यमा बिक्री गर्न थालिएको पशुपति क्षेत्र विकास कोष संस्कृति, संरक्षण महाशाखा प्रमुख गौरीशंकर पराजुलीले बताए ।

भक्तजनले श्रद्धाले चढाएका सामग्रीहरुलाई सर्वप्रथम कोषको गणना कक्षमा ३२ प्रकारका सामग्रीहरुलाई आम्दानीको रुपमा दाखिला गरिने र सोही सामग्रीहरु बिक्री कक्षमार्फत बिक्री गरिने उनले जानकारी दिए ।