२०८१ बैशाख १५ , शनिवार

काठमाडौं महानगरले ठेला खोसेर विलौना गरेको शर्मिलालाई हर्क साम्पाङले एक महिनाको तलब दिने

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौं महानगरपालिकाले ठेलागाडा खोसेको शर्मिला ठकुरीलाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले एक महिनाको तलब दिने भएका छन् ।

थापाथलीस्थित प्रसुति गृहको गेटमा पानीपुरी बेच्दै आएकी शर्मिला तामाङको ठेला बिहीबार  काठमाडौं महानगरपालिकाको नगर प्रहरीले खोसेर लगेको थियो । सामाजिक सञ्जालमा उनले ठेला जोगाउन गरेको अनुनयलाई महानगर प्रहरीले बेवास्ता गरेको भिडियो भाइरल भइरहेको छ ।

महानगरपालिकाले पछिल्लो समय फुटपाथ र ठेलामा व्यापार गर्नेहरुलाई धरपकड बढाएको छ ।

त्यसै क्रममा धरानका मेयर हर्क साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले एक महिनाको तलब दिने घोषणा गरेका हुन् । उनले लेखेका छन्, ‘यी बैनी को हुन् रु यिनलाई मेरो एक महिनाको तलब पठाइदिने घोषणा गर्दछु १ जय मान्छे ।’