२०८१ बैशाख १३ , बिहिवार

अनुमति नलिई प्रचारमा हिँड्ने मन्त्रीलाई रोक लगाउन निर्देशन

सुनाखरी न्युज/ काठमाडौं ।

अनुमति नलिई चुनाव प्रचारमा जाने मन्त्री र स्थानीय तहका कार्यपालिका सदस्यलाई रोक लगाउन निर्वाचन आयोगले सुरक्षा अधिकारीलाई निर्देशन दिएको छ ।

आचारसंहिता अनुगमन समितिको बिहीबारको बैठकमा यसबारे प्रसंग उठेपछि आयोगको टोलीले मन्त्री र जनप्रतिनिधिलाई आचारसंहिता उल्लंघन हुने गरी कार्यक्रममा रोक लगाउन सुरक्षा अधिकारीलाई निर्देशन दिएको हो ।

छलफलमा सुरक्षा निकायका अधिकारीहरुले उच्चपदस्थ सरकारी अधिकारीहरुलाई कार्यक्रममा सहभागी हुन बन्देज लगाउन कठिन हुने धारणा राखेका थिए । तर प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सबै उम्मेदवारलाई समान व्यवहार गर्नुपर्ने भन्दै आचारसंहिता उल्लंघन हुने गतिविधि भए मौन नबस्न निर्देशन दिएका हुन् ।