२०८० चैत्र १५ , बिहिवार

ग्राम प्रकाश आधारभूत बिद्यालयलाई सहयोग

गोविन्द तिमिल्सिना / हेमजा । ग्राम प्रकाश आधारभूत बिद्यालय पोखरा २५ हेमजालाई शौचालय निर्माणका लागि सहयोग प्राप्त भएको छ । नेपाल जापान एजुकेशन सपोर्ट क्लबले ८ लाख ९० हजार सहयोग गरेको हो ।

कार्यक्रममा बोल्दै नेपाल जापान एजुकेशन सपोर्ट क्लबका संरक्षक किन्जो यामासिताले सहयोग गरेको ४ बिद्यालय मध्य धेरै बिद्यार्थी भएको बताउदै पढाइमा मात्र नभइ खेलमा पनि अघि लैजानु पर्ने उल्लेख गरे । उनले नेपाल आउन लागेको ३४ बर्ष भए पनि कोरोनाको कारण नेपाल नआएको ३ बर्ष भएको बताए । मनु हिराचनले किन्जो यामासिताद्वारा जापनिज भाषामा गरिएको सम्बोधनलाई नेपाली भाषामा उल्था गरिन । उक्त अवसरमा नेपाल जापान एजुकेशन सपोर्ट क्लबका संरक्षक किन्जो यामासिता, नेपाल जापान एजुकेशन सपोर्ट क्लबका नेपाल प्रतिनिधि सुनिल हिराचनलाई सम्मान गरियो ।

 

कार्यक्रममा वडा सदस्य कृष्णबहादुर कुँवर, शिक्षक अभिभावक संघका अध्यक्ष नारायण प्रसाद पौडेल, बिद्यालय ब्यवस्थापन समितिका सदस्य शिबलाल पौडेल, शिक्षक, बिद्यार्थी लगायत अभिभावकको उपस्थिति रहेको थियो । बिद्यालयमा १६८ बिद्यार्थी रहेका छन् । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष दल बहादुर कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्र.अ मनोहर तिमिल्सिनाले र सञ्चालन शिक्षक प्रेमबहादुर कुँवरले गरेका थिए ।