२०८० चैत्र १५ , बिहिवार

सुत्केरी भएको कति दिनपछि यौन सम्पर्क राख्न मिल्छ ?

सुनाखरी न्युज/ काठमाडौं ।

सुत्केरी भएको केही समयपछि महिलाहरू सामान्य अवस्थामा आउँछन । तर यो कुरा बुझ्नु पर्छ की सामान्य अवस्थामा सुत्केरी भएपनि वा शल्यक्रियामार्फत सुत्केरी गराइए पनि शरीरलाई सामान्य अवस्थामा फर्कन समय लाग्छ ।

 

घाउ हुने

सामान्य होस् वा शल्यक्रिया, दुबै अवस्थाको सुत्केरीपछि टाका लगाउने गरिन्छ । यस अवस्थामा यौन सम्पर्क गर्दा टाकामा खिचावट आउने हुँदा टाका टुट्ने र घाउ हुन सक्छ ।

धेरै रक्तश्राव हुने

सुत्केरी भएको केही समयसम्म कतिपय महिलालाई अत्यधिक रक्तश्राव हुने गर्छ । जबसम्म रक्तश्राव पूर्ण रुपले बन्द हुँदैन तबसम्म यौनसम्पर्क नगर्दा राम्रो हुन्छ । यदि सम्पर्क गर्ने इच्छा भए चिकित्सकको परामर्श लिनुपर्छ ।

प्रतिक्षा गर्नु उचित

चिकित्सकहरूका अनुसार बच्चा जन्माइ सकेपछि आमालाई ४ देखि ६ सातासम्म आरामको आवश्यकता पर्छ । तर समय महिलाको शारीरिक बनावट र स्वास्थ्य अवस्थामा भर पर्छ । पहिलो पटक आमा भएकाले यो जान्नु जरुरी हुन्छ की सुत्केरी भएको तुरुन्तै यौन सम्पर्क गर्नु हुँदैन । किनकी उनीहरूमा फेरि गर्भ बस्ने सम्भावना हुन्छ ।

संक्रमणको जोखिम

सामान्य र शल्यक्रिया दुबै किसिमको सुत्केरीपछि संक्रमणको खतरा बढेर जान्छ । किनकी दुवै अवस्थामा पाठेघरको आकार ठूलो हुन्छ । जसले गर्दा ब्याक्टेरिया सजिलै पाठेघरमा प्रवेश गर्छ र यो अवस्थामा यौन सम्पर्क गर्नाले इन्फेक्सन हुने खतरा दुई गुणाले बढी हुन्छ ।
एजेन्सी