२०८१ बैशाख १२ , बुधवार

टिकटक भिडियो बनाउँदै म्याडोनाले गरिन् आफू ‘गे’ भएको खुलासा !

सुनाखरी न्युज/ काठमाडौं ।

पप स्टार भनेर चिनिने म्याडोनाले आइतबार एक टिकटक भिडिया अपलोड गरेकी छिन् । यो भिडियो विशेष रुपमा चर्चित बनेको छ किनभने उनले यसमा एउटा वाक्य लेखेकी छिन् जसले उनी ‘गे’ भएकोतर्फ इंगित गर्छ ।

 

टिकटकको भिडियो क्लिपमा ६४ वर्षकी म्याडोनाले क्रिम रङको पोसाक लगाएकी छिन् र भित्री वस्त्रजस्तो देखिने एउटा चम्किलो गुलाबी वस्तु समातेकी छिन् । भिडियोमा उनले लेखेकी छिन्, ‘म चुकेँ भने गे हुँ ।’

गायिकाले त्यसपछि उक्त भित्री वस्त्र डस्टबिनमा फाल्ने प्रयास गर्छिन् तर यस्तो देखिन्छ कि उनले त्यस्तै गर्ने उद्देश्य राखेकी छिन् । डस्टबिनभित्र भित्री वस्त्र पुर्याउने उनको प्रयास विफल भयो । क्यामराले उनको अनुहारको भाव पनि कैद गरेको छ जसमा उनले यसलाई निकै सामान्य तरिकाले लिएको देखिन्छ ।

अमेरिकाको राष्ट्रिय कमिङ आउट डेको आसपास म्याडोनाले उक्त भिडियो पोस्ट गरेकी हुन् ।

उनको टिकटक भिडियोले धेरै प्रशंसकलाई भ्रममा पारिदिएको छ । कतिले म्याडोनाले रमाइलोका लागि वा भाइरल ट्रेन्डमा समावेश हुन यस्तो गरेकी त होइनन् भनेर प्रश्न उठाइरहेका छन् ।

एजेन्सी