२०८१ बैशाख ८ , शनिवार

एसईई परीक्षा: यस वर्ष एसईई चैत दोस्रो हप्तादेखि, नतिजा २०८० को असार तेस्रो साता

सुनाखरी न्युज/ काठमाडौं ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) को वार्षिक परीक्षा यस वर्षको  चैत दोस्रो हप्तादेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको शैक्षिक सत्र २०७९ को परीक्षा सम्बन्धी वार्षिक कार्यतालिका अनुसार २०७९ को चैत दोस्रो सातादेखि एसईई परीक्षा हुनेछ ।

 

त्यसको नतिजा २०८० को असार तेस्रो हप्ताभित्र प्रकाशन गरिने कार्यतालिका छ । परीक्षा सञ्चालन जिल्लारप्रदेशरपरीक्षा नियन्त्रण कार्यालयले संयुक्त रूपमा लिनेछ । त्यसको नतिजा प्रकाशन गर्ने काम चाही बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले गर्नेछ ।

माघको पहिलो हप्तामा परीक्षाको समय तालिका प्रकाशन गरिनेछ । प्रयोगात्मक परीक्षाको अंक र अयोग्य विवरण फागुन मसान्तभित्र पठाइसक्नुपर्नेछ । पुरक परीक्षा भने २०८० को साउन अन्तिम हप्तामा हुनेछ । कक्षा ९ को विद्यार्थी रजिष्ट्रेशन सम्बन्धमा नयाँ व्यवस्था गरिने भएकाले प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिसँग समन्वय गरी सो सम्बन्धी समय तालिका पछि प्रकाशन गरिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।