२०७९ मंसिर २४ , शनिवार

थप ५१ जनामा कोरोना संक्रमण पुष्टि, २१ जना संक्रमण मुक्त

corona

सुनाखरी न्युज/ काठमाडौं ।

पछिल्लो २४ घण्टामा देशभर थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ७८६ जनामा गरिएको नमुना परीक्षणमा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 

यस्तै सोही समयमा २१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने नेपालमा हाल ६२२ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् ।