२०८१ बैशाख १४ , शुक्रवार

प्रधानमन्त्रीसँग अनलाइन मतदाता दर्ताको व्यवस्था गर्न माग

सुनाखरी न्युज/ काठमाडौं । नेपाली जनसम्पर्क समिति नेदरल्याण्ड्सका अध्यक्ष शालिक गौतमले अनलाइन मतदाता दर्ताको व्यवस्था गर्न माग गर्नुभएको छ ।

 

प्रधानमन्त्री शेरबहादुर देउवालाई बिहीबार बिहान बालुवाटारमा भेट गर्दै गौतमले अनलाइत मतदाता दर्ता, विदेशमा बस्नेलाई समानुपातिक मतदानको व्यवस्था गर्न माग गर्नुभएको हो । जवाफमा प्रधानमन्त्री देउवाले दुवै मागमा आफू सकारात्मक रहेको बताउँदै २०७९ सालको निर्वाचन सकिएपछि कानून प्रबन्धको व्यवस्था गर्ने प्रतिबद्धता जनाउनुभयो ।

 

गौतमले प्रधानमन्त्रीसँग टिकट वितरणमा भएको गुनासोसमेत ध्यानाकर्षण गराउनुभएको बताउनुभएको छ । गौतमले दुई साताअघि प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई भेट गर्दै विदेशमा रहेका नेपाली नागरिकहरुलाई मतदानको व्यवस्था गर्ने व्यवस्था मिलाउन ज्ञापन पत्र बुझाउनुभएको थियो । थपलियाले आफ्नो कार्यकालमै त्यसको सुरुवात गर्ने बताउनुभएको थियो ।