२०८१ बैशाख ४ , मंगलबार

घाँटी रेटिएको अवस्थामा तीन जना मृत फेला

सुनाखरी न्युज/ बारा । प्रसौनी गाउँपालिका-५ प्रस्टोका बस्ने २५ वर्षीय सुजता चौधरी, उनकै छोरी ३ वर्षीया ताहिरा चौधरी र छोरा १६ महिनाको राजबिर चौधरी सोही ठाउँस्थित ढोरा खोला किनारमा घाँटी रेटिएको अवस्थामा बुधबार मृत फेला परेका छन् ।

उक्त खोला किनारमा तीन जनाको शव रहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बारा र ईलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरीले तीनै जनाको शव फेला पारेको हो ।

सवारी दुर्घटनामा परी सोमबार घाइते भएका मृतक सुजाताका श्रीमान दिपेन्द्र चौधरीको एलएस न्यूरो अस्पताल नौतनमा प्रहरीको निगरानीमा उपचार भइरहेको छ । घटनामा सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।