२०८१ बैशाख ७ , शुक्रवार

के हाे सम्वर्द्धनवाद ?

गोपी ढकाल । के हाे सम्वर्द्धनवाद ? पेटपालाे राजनीतिकाे हर्कत गरेर सम्वर्द्धनवादकाे पर्वतक बन्न सकिन्छ ?

 

वेदले भन्छ – शुचिना कर्म कर्तव्यम् । यसकाे अर्थ हाे — चाेखाे भएर , निष्कलंकित भएर अनि सदाचारमा रहेर काम गर्नु पर्दछ । किन्तु कामेन्द्रिय भाेगकाे परितुष्टि र कामवासनाकाे तृप्तिकाे साधन मात्र बुझेर ” पेटपालाे राजनीति ” गरिन्छ भने त्याे कुनैपनि मानेमा हुन सक्तैन सम्वर्द्धनवाद ।

 

सम्वर्द्धनवाद भनेकाे मानवीय जगतकाे सर्वोच्च वैचारिक वाद मात्र नभएर माैलिक वादकाे सिर्जना , विध्नकाे परिसमाप्ति र निर्विध्नताकाे पथमार्ग हाे । सृजनशील प्रतिभाकाे लगाव सहित विशिष्ट मानवीय गुणकाे अभिव्यक्ति भनेकाे नै सम्वर्द्धनवाद हाे । त्यसर्थ अतिवादी प्रवृत्तिको ” पेटपालाे राजनीति ” लाई सम्वर्द्धनवाद संग जाेड्नै मिल्दैन । खानका लागि , पेटपालाे राजनीति गर्नका लागि र कामरूपी देव बन्नका लागि कसैकाे पनि दिव्यरथ बन्न सक्तैन सम्बर्द्धन वाद । किनकि पेटकाे स्वार्थका लागि पशुहरू पनि लढाई गर्छन तर बांडेर खाने विचार र सबै मिलेर बाच्ने संस्कार लाई मात्र सम्वर्द्धन वाद भनिन्छ ।

 

आकाशकाे बाज देखाएर जमिनकाे परेवा भुर्कुट बनाउने अनि ढुकुर ताकेकाे देखाएर भुस्याहा कुकुर लडाउने काम सम्वर्द्धनवादी हरू बाट हुनै सक्दैन । सम्वर्द्धन वादले राजसंस्था अपरिहार्य किन ? त्यसकाे गरिमा बताउछ , सनातन धर्मकाे रमणीय रीति सिकाउछ भने सर्वहित र सर्व शुख सहित सदाचारमा हिड्ने पथमार्ग देखाउछ । सम्वर्द्धनवाद भनेकाे जित्दा रमाउने अनि हार्दा गधाझैं कराउने मान्यता हुँदै हाेइन । सम्वर्द्धनवाद दर्शन मात्र हाेइन ……. एक विश्व दृष्टिकाेण समेत भएकाले दर्शन सहितकाे दृष्टिकाेणले कहिल्यै पनि हार्दैन ।

 

अत: फ्रान्सेली राज्य क्रान्तिले निम्त्याएकाे भयावह अवस्था पछि आजित बनेका त्यहाँका एकजना विद्धान Francois Rena De Chateabriand बाट बीजारोपण भएकाे , Edmund Burke बाट गाेडमेल सहित अङ्कुरित गराएकाे र डिजरायली बाट पुष्पित र पल्लवित भएकाे सम्वर्द्धन वादलाई यसकाे पर्वतक नै हाम्रा ख्वामित भन्दै अपव्याख्या गर्ने काम कसैले पनि नगराेस ।