२०८३ भदौ २२ , सोमवार

नवौं राष्ट्रिय खेलकुदः पुरुष ह्याण्डबलमा आर्मीको जित

सुनाखरी न्युज/ पोखरा। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुषत ह्याण्डबलको दोस्रो खेलमा विभागीय आर्मीले सहज जित निकालेको छ।

पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको खेलमा समूह ‘ए’ को आर्मीले बागमती प्रदेशमाथि ४३–८ को सहज जित निकालेको हो।

आर्मीका लागि आकाश अधिकारीले सर्वाधिक ८ र बागमतीका लागि महेश पुरीले सर्वाधिक ४ गोल गरे।