२०८३ श्रावण १० , आइतवार

कोजाग्रतमा कांग्रेसले चियापान नगर्ने

सुनाखरी न्युज/ काठमाडौं । नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाका दिन आयोजना गरिदै आएको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम यो वर्ष नगर्ने जनाएको छ ।

 

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको निर्वाचनका लागि कोजाग्रत पूर्णिमाकै दिन असोज २३ गते पहिलो हुने निर्वाचित हुने प्रणाली अन्तर्गत उम्मेदवारहरुले उम्मेदवारी मनोनयनको कार्यक्रम भएकाले चियापान रोकिएको हो ।

 

वि.सं. २०३३ सालमा जननायक बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान कार्यक्रम गरी शुभकामना आदान प्रदान गर्ने परम्परा थियो ।