२०८१ बैशाख ६ , बिहिवार

महानवमीका दिन मात्र खुला हुने तलेजु भवानीको मन्दिरमा दर्शनार्थीको भीड

सुनाखरी न्युज/ काठमाडौं ।

तलेजु भवानीको मन्दिरमा आज बिहानैदेखि भीड लागेको छ ।

वर्षमा एकपटक महानवमीका दिन मात्र खुला गरिने हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु मन्दिरमा भक्तजनले बिहानैदेखि लाइनबद्ध भएर पूजापाठ गरिरहेका छन् ।

 

महाअष्टमीको राति कालरात्रि पूजा गरी मन्दिरमा ५४ बोका र ५४ राँगाको बलिसमेत दिइएको छ । राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्ने संकल्पले सोमबार राति तान्त्रिक विधिले कालरात्रि पूजा गरिएको छ ।

दशैंघर र कोतलगायत विभिन्न देवी मन्दिर र शक्तिपीठहरुमा आज बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना तथा दुर्गा सप्तशती ९चण्डी०, श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ ।