सुनाखरी न्युज / काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय नेता एबं निबर्तमान केन्द्रीय सदस्य किरण गिरीले नेपाली कांग्रेस नेतृत्वको चुनावी गठबन्धन ले दुई तिहाई बहुमत ल्याउने लक्ष्य र नेपाली कांग्रेस एक्लै प्रतिनिधि सभा मा प्रत्यक्ष तर्फ -८० र समानुपातिक तर्फ – ६० समेत जम्मा १४० स्थानमा बिजय हासिल गर्ने लक्ष्य र कार्यक्रम सहित अघि बढ्दै छ भनी बताउनु भएको छ ।
प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्बाचन -२०७९ घोषणा पत्र तयारी समिति सदस्य एबं संघीय संसद प्रतिनिधि सभामा समानुपातिक तर्फ उम्मेदवार समेत रहनु भएका कांग्रेस केन्द्रीय नेता किरण गिरीले आज एक रेडियो अन्तरबार्ता मार्फत मुलुकमा शान्ति , स्थाइत्व र समुन्नतिका लागी नेपाली कांग्रेस त्याबश्यक रहेको बताउनु भएको छ ।
कांग्रेस केन्द्रीय नेता गिरीले नेपालीहरुको महान चाड बडा दशै २०७९ को उपलक्ष्यमा देश विदेशमा रहनुभएका सम्पूर्ण बुवा आमा, दाजुभाइ दिदी बहिनीहरु सबैमा नेपाली कांग्रेस र मेरो व्यक्तिगत तर्फबाट सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु भन्नुहुदै यस बर्ष हामी दशै, तिहार, छठ जस्ता चाडपर्वसंगै लोकतन्त्रलाई संस्थागत गर्न निर्वाचनको महायज्ञमा सरिक भैरहेका छौ । सरकारले आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकै चरणमा गर्ने घोषणा गरेपछि निर्वाचन आयोगले निर्वाचन कार्यक्रम प्रकाशित गरेको छ । आयोगले निर्धारण गरेको निर्वाचन कार्यक्रम तालिका अनुसार मतदाता नामावली सार्वजनिक गर्ने, निर्वाचनका लागि दल दर्ता गर्ने र प्रतिनिधि सभा तथा प्रदेश सभा तर्फको समानुपातिक निर्वाचन पद्धतिका लागि हुने निर्वाचनको तयारीका लागि बन्द सूची पेश गर्ने कार्य सम्पन्न भैसकेका छन्
। नेपाली कांग्रेस लगायत राजनीतिक दलहरू ले हिजो -१६ गते समानुपातिक उम्मेदवारहरुको संशोधित बन्द शुचि निर्बाचन आयोगमा बुझाएको जानकारी दिनु भयो । नेपाली कांग्रेसले मंसिर ४ गतेको निर्वाचनको लागि दल दर्ता गराउने, निर्वाचन आयोगमा प्रतिनिधिसभा र प्रदेश सभामा समानुपातिक तर्फका उम्मेद्वारहरुको बन्द सूची पेश गर्ने कार्य सम्पन्न गरिसकेको छ । समानुपातिक बन्द सूचीमा भएका त्रुटिहरु परिमार्जन निर्वाचन आयोगले दिएको समयसीमा भित्र नेपाली कांग्रेस ले संशोधित नामावली १६ गते आइतबार आयोगमा पेश गरीसकेको छ ।
नेपाली कांग्रेस का केन्द्रीय प्रबक्ता डा . प्रकाश शरण महत द्वारा जारी प्रेस नोट मा आधारित जानकारी बारे प्रकाश पर्नुहुदै नेपाली कांग्रेस केन्द्रीय नेता किरण गिरी भन्नुहुन्छ –
” १) समानुपातिक तर्फको बन्दसूचीका सम्बन्धमा
नेपाली कांग्रेसले निर्वाचन आयोगले निर्धारण गरेको समयभित्रै असोज ३ गते आयोगमा समानुपातिक तर्फका उम्मेद्वारहरुको बन्दसूची पेश गरेको छ । हामीले नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) अनुसार प्रतिनिधि सभाका लागि धारा ३२ को उपधारा ८ बमोजिम प्रतिनिधि सभा कार्य समितिबाट जिल्ला कार्य समिति, प्रदेश कार्य समिति हुँदै केन्द्रमा आइपुगेका र प्रदेश सभाका लागि धारा ३२ को उपधारा ७ बमोजिम प्रदेश सभा क्षेत्रीय कार्य समितिबाट सिफारिस भई प्रतिनिधि सभा क्षेत्रीय कार्य समिति, जिल्ला कार्य समिति, प्रदेश कार्य समिति हुँदै केन्द्रमा आएका नामहरु उपर केन्द्रीय संसदीय समितिको बैठकले सर्वसम्मतिले समानुपातिक उम्मेदवारहरुको नामावली टुंगो लगाइएको हो । प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेद्वारहरुको टुंगो लगाउदा पार्टीका पदाकिारीहरुबीच घनिभूत छलफल भएको छ । पार्टीभित्रका आधिकारिक निकायबाट सर्वसम्मत निर्णय गरिएको छ ।
जिल्लाका सम्बन्धित निकायबाट पार्टीको उम्मेद्वार सिफारिसमा परेर राजधानीमा आउनुभएका नेपाली कांग्रेसका इमान्दार, अनुशासित, कर्मठ साथीहरुमध्ये अधिकांश साथीहरु यही यथार्थलाई आत्मसात गर्दै पार्टीलाई आगामी निर्वाचनमा विजयी गराउने संकल्प बोकेर जिल्ला फर्किसक्नु भएको छ । विजया दशमीको नवरात्र आरम्भ भैसकेकोले साथीहरुलाई आ–आफ्नो गृह जिल्ला पुगी बडादशै हर्षोल्लासपूर्वक मनाउन र आआफ्ना क्षेत्रमा नेपाली कांग्रेसका पक्षमा जनमत सिर्जना गर्न आवश्यक कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्न पार्टीले निर्देशन दिएको छ । पार्टीले सबै तहका नेता तथा कार्यकर्तालाई निर्वाचनको मुखमा पार्टीको निर्णयअनुसार निर्वाचनमा पार्टीलाई जिताउन सम्पूर्णरुपमा क्रियाशिल हुनुहुन निर्देशन गरेको छ ।
२) प्रत्यक्ष तर्फ
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा अन्य दलहरुसंग तालमेल गर्ने सहमतिअनुसार सिट बाँडफाँड टुंग्याउने छलफल अन्तिम चरणमा पुगेको छ । सिट बाँडफाँड सकिएलगत्तै नेपाली कांग्रेसले लिएका क्षेत्रहरुमा प्रत्यक्ष तर्फको उम्मेदवार टुङ्गो लगाइने छ ।
३) घोषणा–पत्र तयार हुँदै
नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुुने निर्वाचनका लागि घोषणापत्र तयार समिति गठन गरेको छ । समितिले विभिन्न बैठक सम्पन्न गरी शुभचिन्तकहरुबाट फेसबुक, ह्वाट्सएप, क्यूआर कोड, म्यासेन्जर, इमेल,ट्वीटर,इमो जस्ता सामाजिक सञ्जाल र डिजिटल प्रविधिमार्फत घोषणा पत्रमा सुझाव मागिरहेको छ । घोषणापत्र बनाउने काम सुरु भइसकेको छ ।
४) निर्वाचन आचार संहिता
निर्वाचन आयोगले यसपटक जारी गरेको आचार संहिता अब्यबहारिक भएको गुनासो सर्वत्र व्याप्त छ । गठबन्धनका दलहरुसहित प्रतिपक्षी दलले समेत प्रधानमन्त्री र मन्त्रीहरुले प्रचारमा जान नपाउने प्रावधान व्यवहारिक भएन भनिरहेका छन् । प्रधानमन्त्री देशको कार्यकारी प्रमुख भएकोले उहाँको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर उहाँका दैनिक भ्रमण हुने गर्दछन् । प्रधानमन्त्री हाम्रो पार्टीको पनि सभापति हुनुहुन्छ, मन्त्रीहरु पनि पार्टीको महत्वपूर्ण जिम्मेवारीमा हुनुभएको हुँदा आफ्नो पार्टीका पक्षमा जनमत बनाउन हिड्न नपाउने भन्ने कुरा व्यवहारिक छैन । निर्वाचन आयोगले अन्तर्राष्ट्रिय अभ्यासहरुलाई समेत हेरेर यसलाई लचिलो बनाउने हामीले विश्वास लिएका छौ ।
५) नागरिकता विधेयक
संसदको दुवै सदनबाट दुईदुई पटक पारित भएको नागरिकता विधेयक संविधानमा उल्लेखित समयावधिमा प्रमाणीकरण नगरेर सम्माननीय राष्ट्रपतिबाट संविधानको उल्लंघन भएको छ । राष्ट्रपतिको यो कदमबाट एकातिर नागरिकता प्राप्त गरिसकेका नेपाली आमाबाबुका सन्तान नेपाली नागरिकता प्राप्त गर्ने संवैधानिक हकबाट वञ्चित भएका छन् भने अर्कोतिर संविधानसभाबाट निर्मित संविधानले व्यवस्था गरेको जनतामा निहित सार्वभौमसत्ता, संवैधानिक सर्वोच्चता र लोकतान्त्रिक शासन व्यवस्थाका आधारभूत मूल्य मान्यतामा गम्भीर प्रहार भएको छ ।
अन्त्यमा, जिल्ला जिल्लाबाट राजधानीमा आउनुभएका नेपाली कांग्रेसका साथीहरुलाई विजया दशमीको शुभकामनासहित गृह जिल्लाको निर्वाचन क्षेत्रमा फर्केर आआफनो क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवारलाई अत्याधिक बहुमतले जिताउन र समानुपातिकमा सकेसम्म बढी मतदान गर्न र गराउन आग्रह गर्दछु ।
जसरी हामीले बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली काग्रेसलाई अधिक स्थानमा विजयी गराउन सक्यौ, त्यसरी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा पनि अधिक स्थान हासिल गरी नेपाली कांग्रेसको नेतृत्वमा संघदेखि प्रदेशसम्म सरकार बनाउन सकिने अवस्था विद्यमान छ । संघ र प्रदेश सरकारका माध्यमबाट देशको आर्थिक सामाजिक विकासलाई गति दिने यो सुनौलो अवसरलाई यथार्थमा परिणत गर्न सबै साथीहरुलाई आआफ्ना क्षेत्रमा डटेर लोकतन्त्र र नेपाली कांग्रेसका पक्षमा जनमत बनाउन र अत्यधिक मतदान गर्ने र गराउने वातावरण तयार गर्न अनुरोध कांग्रेस केन्द्रीय नेता किरण गिरीले नेपाली कांग्रेसका सबै नेता , कार्यकर्ता मा अपिल समेत गर्नु भएको छ ।
आफू नेपाली कांग्रेस पार्टीको बहुआयामिक भुमिका र जिम्मेवारी निरन्तर सक्रिय रहेको जानकारी कांग्रेस नेता किरण गिरीले दिनु भएको छ :-
सदस्य – प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्बाचन – २०७९ घोषणा – पत्र तयारी समिति ,नेपाली कांग्रेस ।
समानुपातिक तर्फ उम्मेदवार – संघीय संसद प्रतिनिधि सभा ।
महासमिति सदस्य एबं निबर्तमा केन्द्रीय सदस्य नेपाली कांग्रेस
सदस्य – सचिब – नेपाली कांग्रेस बाढी पहिरो बिपद ब्यबस्थापन केन्द्रीय समन्वय समिति ।
केन्द्रीय प्रतिनिधि – ” घर घर जाऔं , कांग्रेस जिताऔं ” अभियान नेपाली कांग्रेस ।
सदस्य – केन्द्रीय निर्बाचन परिचालन आचारसंहिता अनुगमन तथा निर्बाचन आयोग समन्वय उप समिति ।
सदस्य – घोषणा पत्र तयारी समिति नेपाली कांग्रेस ।
सदस्य सचिब – आचारसंहिता अनुगमन तथा निर्बाचन आयोग समन्वय उपसमिति नेपाली कांग्रेस ।
केन्द्रीय नेता एबं प्रखर बक्ता – नेपाली कांग्रेस काठमाडौं नेपाल।
पत्रकार – बिगत तीन दशक देखी पत्रकारीतामा निरन्तर सक्रिय
सहकारी अभियन्ता – बिगत तीन दशक देखी सक्रिय सहकारी सदस्य समेत ।
email – freelancerkiran@gmail.com
mobile – 9851060555 wath App र viber समेत ।
सामाजिक संजालमा र पार्टी सँगठन निरन्तर सक्रिय रहेको जानकारी समेत अन्तरबार्ता मार्फत नेपाली कांग्रेस केन्द्रीय नेता निबर्तमान केन्द्रीय सदस्य एबं महासमिति सदस्य किरण गिरी दिनु भएको छ ।