२०८१ बैशाख ६ , बिहिवार

कार्यालय प्रमुख तिवारी बाट निरीक्षण तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न

सुनाखरी न्युज / काठमाडौं । यस कार्यालयका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारी बाट जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी पूर्वमा कार्यरत ट्राफिक प्रहरी कर्मचारीहरुको व्यक्तीगत टन-आउट, व्यारेक तथा मेस निरीक्षण सम्पन्न भएको छ ।

 

साथै चाडपर्व विशेष सुरक्षा योजना कार्यान्वयन अनुरुप राजमार्ग चेकजांच, २ जना चालक अनिवार्य ,यात्रुहरुको गुनासो व्यवस्थापन तथा सवारी दुर्घटना न्युनिकरण, तथा निकट भविष्यमा हुन गईरहेको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनलाई शान्तिपुर्ण तवरबाट सम्पन्न गर्नको लागी शारिरीक तथा मानसिक रुपमा तयार रहन समेत अमुल्य निर्देशन दिनु भएको थियो ।