२०८१ बैशाख ४ , मंगलबार

दशैं मान्नका लागि गाउँमा फर्किनेको भीड

सुनाखरी न्युज / काठमाडौं । काठमाडौंका विभिन्न नाकाहरुबाट दशैं मान्नका लागि उपत्यका छाड्नेहरुको भीड लागेको छ ।

 

खासगरी थानकोट हुँदै बस छुट्ने र कोटेश्वर हुँदै बस छुट्ने ठाउँहरुमा बिहानैदेखि यात्रुहरुको अत्याधिक भीड लागेको हो । सार्वजनिक यातायात र नीजि सवारी साधनहरुको उत्तिकै मात्रामा सडकमा गुडिरहेका छन् । सवारी साधनभित्र यात्रुहरु भरिभराउ देएिका छन् भने सडकमा सवारी साधनलाई कुर्नेहरुको लाइन पनि लामो देखिएको छ । धेरै सवारी साधन चलेका कारण यात्रुहरुले उपत्यका छोड्न मात्रै पनि घण्टौँ जामको समस्या भोग्नु परेको छ ।

दैनिक हजारौंको संख्यामा मानिसहरुले काठमाडौं उपत्यका छोडिरहेका छन् । अघिल्ला वर्षहरुको तुलनामा यस वर्ष उपत्यका छाड्नेहरुको संख्या बढेको छ । अघिल्ला वर्षहरुमा कोरोना महामारीका कारण मानिसहरुको आवत्जावत्मा समस्या भएपनि यस वर्ष भने निर्वाध रुपमा मानिसहरु आवत्जावत् गरिरहेका छन् । यात्रुहरुले टिकट नपाउने समस्या भोग्नु परेको गुनासो गरेका छन् । त्यसैगरी लामो दूरीका सार्वजनिक यातायातमा सिट नपाएको पनि यात्रुले गुनासो गरेका छन् ।

 

काठमाडौंको कोटेश्वरबाट वीपी राजमार्ग हुँदै चल्ने सवारी साधन र काठमाडौंको बल्खुबाट दक्षिणकाली हुँदै उपत्यकाबाट बाहिरिने सवारी साधनमा पनि त्यतिकै भीड रहेको छ । विभिन्न कामको शिलशिलामा उपत्यका आएर बसोबास गरेकाहरुले आफूहरुलाई दशैं मान्नका लागि कतिबेला आफ्नो घर पुगिएला भन्ने उत्साह जागेको बताए ।