२०८० चैत्र १६ , शुक्रवार

डेंगुको प्रकोप: ३८ जनाको मृत्यु, २८ हजार १०९ बिरामी

सुनाखरी न्युज/ काठमाडौं

डेंगु रोगबाट सङ्क्रमितको सङ्ख्या नेपालमा  २८ हजार १०९ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत साउन महिना देखि यता ७६ जिल्लाहरूमा फैलिएको डेंगु रोगबाट हालसम्म ३८ जनाको मृत्यु भइसकेको छ ।

 

सङ्क्रमितमध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा रहेका छन् । बागमती प्रदेशमा मात्र २१ हजार ९७५ जनामा डेंगु पुष्टि भइसकेको छ । त्यस्तै, लुम्बिनी प्रदेशमा ३ हजार १२५ जनामा सङ्क्रमण पुष्टि भएको छ । नेपालमा वि।सं। २०६१ सालमा पहिलो पटक डेंगु पुष्टि भएको थियो ।