२०८१ बैशाख ८ , शनिवार

कामना सेवा र होटल जल महल, पोखरा बीच सम्झौता

सुनाखरी न्युज / काठमाडौं । कामना सेवा विकास बैंक र होटल जल महल, पोखरा बीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ ।

यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले पोखराको पार्दी स्थित होटलले प्रदान गर्ने उत्कृष्ट सेवा सुविधाहरुमा २० प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नुहुनेछ ।

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।