२०८१ बैशाख ७ , शुक्रवार

कुमारी बैंकको लाभांश घोषणा

सुनाखरी न्युज / काठमाडौं । कुमारी बैंकले लाभांश प्रस्ताव गरेको छ। बैंकको आज बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट हाल कायाम चुक्ता पुँजीको १२.५० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो।

 

बैंकले आर्थिक बर्ष २०७८/०७९ को वितरणयोग्य मुनाफाबाट कर सहित १२.५० प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो। उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र बैंकको आगामी बार्षिक साधारणसभाले स्वीकृत गरेपश्चात सेयरधनीहरुमा लाभांश वितरण हुनेछ। हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार ३ सय २६ रुपैयाँ रहेको छ ।

 

हाल कुमारी बैंक र एनसीसी बैंक मर्जर प्रक्रियामा रहेका छन् । मर्जर प्रक्रियामा रहेको कारण बैंकको कारोबार रोक्का रहेको छ ।