२०८१ बैशाख ८ , शनिवार

निःशुल्क स्वास्थ्य शिविर तथा महिला स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यक्रम र क्यान्सर स्क्रिनिङ तालिम सम्पन्न

सुनाखरी न्युज / काठमाडौं । नेपाल सरकार गृह मन्त्रालय र सशस्त्र प्रहरी बल नेपालद्वारा संयुक्त रुपमा लुम्बिनी प्रदेशको रुपन्देही जिल्लाको सुद्धोधन गाँउपालिका मोतिपुरमा तीन दिने निःशुल्क स्वास्थ्य शिविर तथा महिला स्वास्थ्य सम्बन्धी जनचेतनामुलक कार्यक्रम र क्यान्सर स्क्रिनिङ तालिम सम्पन्न भएको छ ।

 

 

नेपाल एपीएफ अस्पताल बलम्बु, काठमाण्डौंको आयोजना र मोतीपुर पि.एच.सी. रुपन्देहीको सह–आयोजनामा निःशुल्क स्वास्थ्य शिविर तथा महिला स्वास्थ्य सम्बन्धी जनचेतनामुलक कार्यक्रम र क्यान्सर स्क्रिनिङ तालिम संचालन गरिएको थियो । सो स्वास्थ्य शिविरमा नेपाल एपीएफ अस्पतालको विशेषज्ञ चिकित्सक प्राविधिक सशस्त्र प्रहरी उपरिक्षक डा. सौजन्य कर्माचार्यको कमाण्डमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले १७ सय जना स्थानीय नागरिकहरुको स्वाथ्य उपचार गर्नुको साथै निःशुल्क रुपमा औषधी बितरण गरिएको थियो ।

 

शिविरमा ५ सय ८१ जना महिलाहरुको पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ (प्याप टेस्ट, भि.आई.ए. र भि.आई.एल.आई.) जाँच गर्नुका साथै स्थानीय स्वास्थ्य संस्थाहरुमा कार्यरत १५ जना स्वास्थ्यकर्मीहरुलाई क्यान्सर स्क्रिनिङ तालिम समेत प्रदान गरिएको छ । उक्त शिविरमा संचालन गरिएको स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यक्रममा ६ सय जना स्थानीय महिलाहरुको सहभागिता रहेको थियो ।