२०८१ बैशाख ४ , मंगलबार

चुनावी व्यवस्थापन प्रशिक्षणमा जुट्यो आयोग

सुनाखरी न्युज / काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरेर निर्वाचन अयोगले व्यवस्थापन प्रशिक्षण सुरु गरेको छ ।

 

आयोगले ७७ जिल्लाका मुख्य निर्वाचन अधिकृत सहित ८८ निर्वाचन अधिकृत र ७७ निर्वाचन अधिकारीलाई निर्वाचन व्यवस्थापन सम्वन्धि प्रशिक्षण दिइहरेको छ । हिजो बाट शुरु भएको प्रशिक्षणका आज पनि जारी रहनेछ ।

 

पहिलो दिन हिजो नेपालगन्ज, ललितपुर, चितवन, बुटवल र विराटनगरमा निर्वाचन व्यवस्थापन प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको आयोगले जनाएको छ । मङ्सिर ४ गते हुने आमनिर्वाचनका लागि आयोगले असोज १५ देखि २० गतेसम्ममा १६५ वटै निर्वाचन अधिकृत कार्यालय स्थापना गराइसक्ने पनि जनाएको छ ।