२०८१ बैशाख ७ , शुक्रवार

मुख्यमन्त्री पाण्डेलाई मातृशोक

सुनाखरी न्युज / काठमाडौं ।  नेकपा एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष एवं बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे तथा नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र प्रसाद पाण्डेलाई मातृशोक परेको छ ।

उहाँहरूका आमा मनमाया पाण्डेको ८७ वर्षको उमेरमा आज बिहीबार बिहान निधन भएको हो । मुख्यमन्त्री राजेन्द्र र सुरेन्द्र दाजु भाइ हुनुहुन्छ । मनमाया ५ छोरामध्ये कान्छा छोरा दीपेन्द्र पाण्डेसँग सितापाइलामा बस्दै आउनु भएको थियो ।

उहाँको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।