२०८० चैत्र १५ , बिहिवार

पाटा पर्सनालिटी अफ द इयर२०२१ द्वारा दीपकराज जोशी सम्मानीत

सुनाखरी न्युज / काठमाडौं । प्यासिफिक एसिया ट्राभल एसोसिएसन, पाटा नेपाल च्याप्टरको वार्षिक अवार्ड निर्णायक समिति सदस्यहरु विभूति चन्द ठाकुर (अध्यक्ष– पाटा नेपाल च्याप्टर), दीपेन्द्र पुरुष ढकाल (पूर्व सचिव–पर्यटन मन्त्रालय), प्रवीण बहादुर पाण्डे (पूर्व अध्यक्ष– पाटा नेपाल च्याप्टर), विजय अमात्य (सीईओ– कोरा टुर्स) र पम्फा धमला (सदस्य– पाटा नेपाल च्याप्टर) ले नेपाल पर्यटन बोर्डका पूर्व सिईओदीपकराज जोशीलाई सबैभन्दा योग्य उम्मेद्वारको रूपमा वर्ष २०२१को पाटा पर्सनालिटी अफ द इयरको रुपमा अनुमोदन गरेको छ ।

 

दीपकराज जोशीलाई उहाँले नेपाली पर्यटनक्षेत्रको प्रवर्द्धन, दिगो विकास र पुनरुत्थानमा पु¥याउनु भएको निरन्तर योगदानर विश्वव्यापी महामारीको समयमा स्वयंसेवीको रुपमा असीम उत्साहका साथपर्यटनक्षेत्रमा वहाँको सहयोग, सक्रियता, वकालत, संलग्नता तथा अथक प्रयासहरुकोकदर स्वरुप सेप्टेम्बर २६ तारिखका दिन काठमाडौँको मण्डिखाटारस्थित गेट कलेजमा आयोजित पाटा आईडी र विश्व पर्यटन दिवस समारोहको औपचारिक कार्यक्रम अन्तर्गत पाटाको वार्षिक पुरस्कार वितरण समारोहमा ’पाटा पर्सनालिटी अफ द इयर २०२१’ अवार्ड प्रदान गरिएको हो ।

 

सन् १९७४ १४ डिसेम्बरका दिन जन्मिएका जोशीको बाल्यकाल बर्दिया राष्ट्रिय निकुञ्जको परिवेशमा माध्यमिक शिक्षा हाशिल गर्दै अघि बढ्यो । तत्कालीन समाजमाधेरैजसो अभिभावकहरूले आफ्नो सन्तानलाई डाक्टर वा इन्जिनियर बनेको चाहने पृष्ठभूमिमा उनी सन् १९९० मा १० कक्षा उतीर्ण भएपश्चात मेडिकल करियर बनाउन उहाँ भारतको लखनउमा इन्टर्मिडिएट अफ साइन्समा भर्ना हुनुभयो । तर पर्यटन क्षेत्रमा स्थापित हुने उहाँको नियति र भाग्यले उहाँलाई काठमाडौं फर्कायो, र उहाँले सन् १९९६ मा ब्याचलर अफ कमर्स (बी. कम) र सन् २००० मा त्रिभुवन विश्वविद्यालयबाटएमबीएको अध्ययन पूरा गर्नुभयो ।

 

नोभेम्बर द्दण्ण्ण् मा नेपाल पर्यटन बोर्डमा एक अधिकृतको रूपमा आफ्नो पेशागत करियरको शुरुवात गरेका जोशीले २४ डिसेम्बर २०१९ सम्म करिब अधिकृत देखि प्रमुख कार्यकारी अधिकृतसम्म विविध भूमिकाहरुमा लगभग २० वर्ष नेपाली पर्यटन क्षेत्रको सेवामा समर्पित रहे । लामो समयदेखि पर्यटन बोर्डमा सीईओ पद रिक्त रहेको र २०१५ सालको भूकम्प र सीमा नाकाबन्दीजस्ता चुनौतीका कारण पर्यटन उद्योग नराम्ररी प्रभावित भएको अत्यन्तै नाजुक अवस्थामा दीपकराज जोशी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए । साथै, पर्यटन बोर्डलाई बजेट र जनशक्तिको सीमित स्रोत साधनमा काम गर्नुपर्ने कठिन चुनौतीलाई जोशीले दृढताका साथ अवसरको रूपमा लिने साहस गर्नुभयो र आफ्नो प्रयासलाई अगाडि बढाउन र पर्यटन क्षेत्रको अपेक्षा अनुरुप सफलतापूर्वक पूरा गर्दै अघि बढ्नुभयो ।

 

सन् २०१५ को महाभूकम्पपछिको पर्यटन पु नरुत्थान रणनीतिक कार्ययोजना तर्जुमा गर्ने, नेपालमा अन्तर्राष्ट्रिय मार्टको शुभारम्भ गर्ने, अन्तराष्ट्रिय स्रोत बजारमा प्रवद्र्धनात्मक कार्यक्रम तथा धेरै पर्यटन मेलाहरूमा सहभागिता जनाउने लगायत घुमफिर बार्ष, नेपाली रैथाने खानाको अन्तराष्ट्रियकरण, इष्ट तथा वेष्ट ट्राभल मार्ट, ग्रामिण पर्यटन मार्ट, फोटो नेपाल जस्ता विभिन्न आन्तरिक पर्यटन प्रवर्द्धनात्मक अभियानहरूमा जोशीको उल्लेखनीय एवम् अग्रणी भूमिका रहेको थियो ।

 

पर्यटन उद्योग निजी तथा सरकारी क्षेत्रका सरोकारवालाहरूसँग अधिक सहकार्य र समन्वय गरी काम गर्नु जोशीको सफल कार्यकालको मूल मन्त्र थियो । फलस्वरुप अनेकन संकट र चूनौतीका बावजूद पनि नेपाली पर्यटन क्षेत्रले इतिहासमा पहिलो पटक सन् २०१८ मा १० लाख विदेशी पर्यटक भित्र्याउन सफलता हाशिल प्राप्त गर्यो जुन पर्यटन क्षेत्रको इतिहासमा कोशेढुङ्गाको रुपमा लिनसकिन्छ र पर्यटक अभिवृद्धिको शिलशिला सन् २०१९ मा समेत उल्लेख्य रह्यो । सन् २०२० र २१ को विश्वव्यापी महामारीको समयमा पनि, जोशीले निरन्तर स्वयंसेवीको रुपमा पर्यटन पर्यटन उद्योगको अस्तित्व रक्षा र पुनरुत्थानका एजेन्डाहरूलाई सम्बोधन गर्न विभिन्न संघहरू, सार्वजनिक–निजी फोरमहरू र प्लेटफर्महरूमा आफ्नो संलग्नता र सक्रिय सहभागिता जारी राखे ।

 

जोशीले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा धेरै मान्यता र पुरस्कार प्राप्त गरिसकेका छन् । सन् २०१८ मा आइआईपिटी च्याम्पियन्स इनच्यालेन्ज अवार्ड प्राप्त गर्ने उनी पहिलो दक्षिण एसियाली, सन् २०१९ मा एनटीओ श्रेणी अवार्डमा एशियामा सर्वश्रेष्ठ सीईओ र २०२० मा वर्ल्ड टुरिज्म नेटवर्क द्वारा ’टुरिज्म हिरोज अवार्ड’द्वारा सम्मानित भए । आज, दीपकराज जोशी, नेपालको पर्यटन क्षेत्रको उत्थान, विकास र प्रवर्द्धन गर्ने एक समर्पित तथा सम्मानित व्यक्तित्वको रुपमा परिचित हुनुहुन्छ ।