२०८१ बैशाख ८ , शनिवार

नवौं राष्ट्रिय खेलकुदः १६ दिनमात्रै बाँकी, तयारी तीब्र

सुनाखरी न्युज / काठमाडौं । गण्डकी प्रदेशमाहुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता काउन्ट डाउनमा अब १६ दिन मात्र बाँकी छ। असोजको २८ देखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशमाहुने राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आयोजक राष्ट्रिय खेलकुद परिषद (राखेप) ले प्रतियोगितालाई हाल तिब्रता दिएको छ।

 

प्रतियोगितालाई सम्पन्नगर्न गठित विभिन्न १४ वटा उपसमितिहरुले आफ्नो जिम्मेवारीलाई तिब्रतादिएका छन्। ७ वटै प्रदेश, ३ विभागीय र एनआरएनए गरी ११ टिमको प्रतिस्पर्धा रहनेप्रतियोगिताकालागि खेलाडी छनोट भएर टिमहरुले खेलाडीको नामदर्ता गर्दैछन्। यसबीचमाप्रतियोगिताकालागितयार गरिएको ‘राष्ट्रिय रनिङ ट्रफी’लाई देशका सातै प्रदेश र विभागीय टिमको मुकामहरुमा टुर गराउने कामभइरहेको छ।हिँजो (मंगलबार) मात्रै कर्णालीप्रदेशमा ट्रफी टुर गराइएको छ।

 

प्रतियोगिताअन्तर्गतका धेरैजसो खेलहरु गण्डकी प्रदेश राजधानीपोखरामै केन्द्रीत रहेको र बाँकी खेलहरु स्याङ्जा, पर्वत, गोरखा, नवलपुर, म्याग्दी र बाग्लुङमा खेलस्थलतोकिएको छ । गण्डकीका सबै जिल्लामा राष्ट्रिय खेलकुदअन्तर्गत कम्तीमा एक खेल खेलाउने भनिएपनिअन्तिममाआएर तनहुँ, लमजुङ, मनाङ र मुस्ताङमा खेल नहुने भएको हो। म्याग्दीमा महिला भलिबल र र डब्ल्युटीएफ तेक्वान्दो,स्याङजामामहिला फुटबल, पर्वतमा कराँते, बागलुङमा आइटीएफ तेक्वान्दो,नवलपुरमा सेपाकताक्रो र कुस्तीतथागोरखामा बुद्धिचालका खेलभेन्यू तोकिएको छ।

नवौं राष्ट्रिय खेलकुदप्रतियोगिताअन्तर्गत खेलस्थलव्यवस्थापन समितिका सदस्यह समेत रहेका राष्ट्रिय खेलकुद परिषद (राखेप) बोर्ड मेम्बर राजेशकुमार गुरुङको टोलीले पर्वत, बागलुङ र म्याग्दीको खेलस्थलको अवलोकन गरेको छ। खेलस्थलको अवलोकनसँगै टोलीले म्याग्दीकाप्रमुखजिल्लाअधिकारी चीरञ्जीवी राना, जिल्ला समन्वय समितिप्रमुखराजकुमार थापा, बेनीनगरपालिकाप्रमुख सुरत केसी, सुरक्षानिकायप्रमुख र जिल्लाका खेल पदाधिकारीसँग भेट गरी राष्ट्रिय खेलकुदप्रतियोगितातयारीबारे अन्तरक्रिया र छलफल चलाएको छ। त्यस्तै, टोलीले पर्वत कुश्मानगरपालिकाप्रमुख रामचन्द्र जोशी, बागलुङ नगरपालिकाप्रमुखबसन्तकुमार श्रेष्ठ, उपप्रमुख राजु खड्कासँग भेट गरेको छ।

 

म्याग्दीमा सरोकारवालाहरुको एउटै मन

नवौं राष्ट्रिय खेलकुदप्रतियोगिताअन्तर्गत गण्डकी प्रदेशको म्याग्दीजिल्लाको बेनीबजारमामहिलाभलिबल र डब्ल्यूटीएफ तेक्वान्दोका २ खेलको स्पोर्ट्स भेन्यु तोकिएको छ। प्रतियोगिताको तयारीकालागितिब्रतादिइएको छ। म्याग्दीको जिल्ला समन्वय समितिको पहलमात्यहाँप्रतियोगिताको तयारीलाई तिब्रतादिइएको छ।

भेटमाम्याग्दीकाप्रमुखजिल्लाअधिकारी रानाले राष्ट्रिय खेलकुदप्रतियोगिताअन्तर्गत म्याग्दीमाहुने प्रतियोगिताका लागि कार्ययोजना बनाएर अघि बढाइएको बताए। म्याग्दीमाहुने महिलाभलिबल र डब्ल्यूटीएफ तेक्वान्दोका खेलाडी, प्रशिक्षक, व्यवस्थापक, अफिसियल र दर्शकहरुकालागि सुरक्षाव्यवस्थालाई चुस्त, दुरुस्त पारिने प्रजिअ रानाको प्रतिबद्धता छ। म्याग्दीमाहुने खेलमामनोरञ्जन लिएर खेललाई सफलताका साथ सम्पन्नगर्न जिल्लावासीसमक्षप्रजिअ रानाले आग्रह समेत गरेका छन्।

बेनीनगरपालिकाप्रमुख केसीले राष्ट्रिय खेलकुदप्रतियोगिताका २ खेल म्याग्दीजिल्लामाल्याइदिएकोमा राखेपलाई धन्यवाददिएका छन्। जिल्ला समन्वय समितिको अगुवाइमासुरक्षानिकाय र स्थानीयप्रमुखहरु र जनप्रतिनिधिहरुको समन्वयमा खेललाई सफलताका साथ सम्पन्नगर्ने केसीको प्रतिबद्धता छ। जिल्ला समन्वय समिति, म्याग्दीकाप्रमुखथापाले समग्र म्याग्दी र म्याग्दीवासीको पहिचान र सभ्यताझल्कने गरी बेनीमाहुने नवौं राष्ट्रिय खेलकुदका २ खेललाई उद्घाटनदेखि समापनसम्म सफलताका साथ सम्पन्नगर्ने प्रतिबद्धता जनाएका छन्। त्यस्तै, महिलाभलिबल खेल हुने बेनीनगरपालिका–७का वडाध्यक्ष रमेशकुमार श्रेष्ठ र डब्ल्युटीएफ तेक्वान्दो खेल हुने खेलस्थल बेनीनगरपालिका–८ का वडाध्यक्ष उत्तमकुमार कर्माचार्य समेतले आफ्नो वडामा हुने राष्ट्रिय खेललाई तयारीकाहिसावले कुनै कमजोरी हुननदिने प्रतिबद्धता जनाए।

रामचन्द्र जोशी, प्रमुख (कुश्मा नगरपालिका, पर्वत)

टोलीसँगको भेटमा पर्वत कुश्मानगरपालिकाप्रमुख रामचन्द्र जोशीले राष्ट्रिय खेलकुदअन्तर्गत कराँते प्रतिस्पर्धा पर्वतमाआएकोमाखुशी र धन्यवादव्यक्त गरे। उनले पर्वतको पनिकुश्मामाहुने प्रतिस्पर्धालाई हरेक दृष्टिले सफलबनाउने प्रतिबद्धता जनाए।
कुश्मामाहुने प्रतिस्पर्धालाई आर्थिक र व्यवस्थापनको हिसावले कुनै कमीकमजोरी हुननदिने उनको प्रतिबद्धता थियो। राष्ट्रिय खेलकुदकै आवश्यकतयारीकालागिनगरपालिका ९ लाख छुट्याएको उनको भनाई थियो। खेलकुदकै अवसर पारेर पर्वत तथाकुश्माको पर्यटकीय गन्तव्यलाई प्रबद्र्धन समेत गर्ने उनले बताए। पदकविजेतालाई निःशुल्क र सहभागी खेलाडीलाई केहीप्रतिशत छुटमा पर्वत कुश्मास्थितबञ्जीजम्प र जीपलाइनको मनोरञ्जन लिनपाउने व्यवस्थागर्न लागेको प्रमुखजोशीको भनाई थियो।

बसन्तकुमार श्रेष्ठ, प्रमुख (बागलुङ नगरपालिका, बागलुङ)

त्यस्तै, बागलुङ नगरपालिकाप्रमुखबसन्तकुमार श्रेष्ठले जिल्लामाआएको राष्ट्रिय खेलकुदलाई अपनत्वलिएर आइटीएफ प्रतियोगितालाई सफलपार्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए। प्रतियोगितालाई साथ र सहयोग गर्न नगरपालिका पूर्ण रुपले तयार रहेको उनको प्रतिबद्धता थियो। कुनैपनिप्रतियोगिता राजधानीबाहिरबाटपनिगर्न सकिन्छ भन्ने सन्देश आफूहरुले बागलुङबाट दिनचाहेको उल्लेख गरे। कुनाकाप्चाबाट खेलाडीहरुको उत्पादनहुने उनको भनाई थियो।