२०८१ बैशाख ४ , मंगलबार

घटस्थापनाको अवसरमा महानगर यातायातको थप १० वटा टाटा अल्ट्रा बस संचालनमा

सुनाखरी न्युज / काठमाडौं । काठमाडौं उपत्यकाको चक्रपथ परिक्रमामा निरन्तर सेवा दिंदै आएको महानगर यातायात प्रा. लि., काठमाडौं उपत्यका सार्वजनिक यातायात क्षेत्रको अग्रणी संस्था हो।

 

यस संस्थाले ३९ थान आकर्षक, सुविधा सम्पन्न र आधुनिक प्रविधि जडित यात्रुवाहक बस संचालन गरी उत्कृष्ट सेवा प्रदान गर्दै आएको मा मिति २०७९ असोज १६ गते घटस्थापनाको दिनको शुभ अवसर पारेर थप १० थान टाटा एल. पी. ओ. ८.५ अल्ट्रा बस थपी संचालनमा ल्याएको छ ।

 

सिप्रदी ट्रेडिङ्गका प्रमुख प्रबन्धक श्री कृष्ण चन्दज्यू बाट प्राप्त जानकारीका आनुसार टाटा मोटर्सद्वारा उत्पादित यस बसमा १४० हर्ष पावरको शक्तिशाली इन्जिन रहेको छ । हाइ व्यक सिट, मिडल डोर तथा पराबोलिक लिफ स्प्रिंग सस्पेन्सन रहेको यस गाडीले आरामदायी यात्रा सुनिश्चित गर्छ । यसको बडी भने बडी निर्माण कम्पनी मार्कोपोलो द्वारा गरिएको छ ।