२०८० चैत्र १५ , बिहिवार

नेप्सेमा झिनो अंकको वृद्धि

सुनाखरी न्युज / काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको चौथो दिन बुधबार आज सामान्य अंकले बढेको छ । केही दिनदेखि निरन्तर रुपमा ओरालो लागेको शेयरबजारमा मंगलबारदेखि वृद्धि देखिएको हो ।

 

आज नेप्से ६.४१ अंकले बढेर एक हजार ८ सय ३७ दशमलब ४६ विन्दुमा बन्द भएको छ । मंगलबारनेप्से १५.९२ अंकले बढेर एक हजार ८ सय ३१ दशमलब ०५ विन्दुमा बन्द भएकोे थियो । त्यस्तै, शेयरबजार बढे पनि कारोबार रकममा भने गिरावट आएको छ । आज नेप्सेमा ४८ करोड ५४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा ६६ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएकोे थियो ।

 

आज कारोबार भएका कम्पनीमध्ये १०० वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ७४ वटा कम्पनीको शेयरमूल्य घटेको छ भने ११ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आज एक कम्पनीको शेयरमुल्यमा उच्च वृद्धि भएको छ । मन्दाबिनी हाइड्रोपावरको शेयरमुल्य ९.२० प्रतिशतले बढेर प्रतिकित्ता ३७४ रुपैयाँ पुगेको छ । नेप्सेका अनुसार आज ग्लोबल आइएमई ब्यालेन्स फण्ड–१ शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य १० प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको भएको छ । यसको आज ४ करोड ७५ लाखभन्दा बढीको कारोबार भएको छ ।