२०८१ बैशाख १३ , बिहिवार

बढ्यो सुनको भाउ

सुनाखरी न्युज / काठमाडौं । नेपाली बजारमा बुधबार सुनको भाउ उकालो लागेको छ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९१ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार १०० रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको थियो।

 

यो दिन प्रतितोला फाइन गोल्ड ९१ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड ९० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर १ हजार १४५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले घटेर १ हजार १५० रुपैयाँमा किनबेच भएको थियो।