२०८० चैत्र १५ , बिहिवार

कोषले हिमाल दोलखा हाइड्रोपावरको हकप्रद शेयरको प्रत्याभुति गर्ने

सुनाखरी न्युज / काठमाडौं । नागरिक लगानी कोषले हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद शेयरको प्रत्याभुति गर्ने भएको छ ।

मंगलबार कोष र हाइड्रोपावर कम्पनी बीच प्रत्याभुति गर्ने सम्झौतामा हस्ताक्षर भएको हो । कम्पनीको हाल कायम चुक्ता पूँजी १ अर्ब ६० करोड रुपैयाँको ७५ प्रतिशत (१:०.७५को अनुपात) ले हुने १ अर्व २० कारोड रुपैयाँको १ करोड २० लाख कित्ता हकप्रद शेयरको प्रत्याभुति कोषले गर्ने भएको छ ।

सो सम्वन्धी सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र दोलखा हाइड्रोपावरको अध्यक्ष रन्जना दहालले हस्ताक्षर गर्नुभएको हो ।