२०८१ बैशाख ८ , शनिवार

कच्चा सुनको आपूर्ती बढाउन आग्रह

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघले सुनको आपूर्ति ब्यवस्था प्रभावकारी वनाउन सरकारसँग माग गरेको छ । बजारको मागको वेवास्ता गर्दै अत्यन्तै न्युन मात्रामा सुनको आपूर्ति हुँदै आएकोले बजारमा चरम अभाव सिर्जना भएको भन्दै महासंघले तत्काल आपूर्ति ब्यवस्थामा सुधार गर्न आग्रह गरेको हो ।
प्रधानमन्त्री शेर बहादुर देउवाको परराष्ट्र सल्लाहकार अरुण कुमार सुवेदीसँग मंगलबार सिंहदरवाटरमा भेटगरी महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधमिण्डलले कच्चा सुनको न्युन आपूर्तिले बजारमा परेको प्रभावका बारेमा जानकारी गराएको हो । सल्लाहकार सुवेदीले यस बिषयमा सम्वन्धित निकाय मार्फत पहलकदमी अगाडि बढाइने आश्वासन दिनुभयो ।
पछिल्लो समयमा दैनिक १० केजी सुन बैधानिक तरिकावाट आपूर्ति हुँदै आएको छ । विगत बर्षहरुमा सिजनको समयमा दैनिक २५ किलो सुन आयात हुँदै आएको थियो ।