२०८० चैत्र १६ , शुक्रवार

सत्यमोहन जोशीलाई भेट्न एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल अस्पतालमा

सुनाखरी न्युज / काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।

 

पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल आज ललितपुरको किष्ट अस्पतालमा पुगी जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो । शताब्दी पुरुष जोशी डेंगु संक्रमणका कारण चार दिनदेखि किष्ट अस्पतालमा भर्ना हुनुहुन्छ । वरिष्ठ उपाध्यक्ष पोखरेलले उहाँको स्वास्थ्य अबस्थाबारे जानकारी लिँदै शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो ।

 

शताब्दी पुरुष जोशीले आफ्नो स्वास्थ्य अवस्थाबारे चिन्ता व्यक्त गर्दै अस्पतालमा भेट्न आएकोमा एमाले वरिष्ठ उपाध्यक्ष पोखरेललाई धन्यवाद दिनुभयो । चिकित्सकहरुले जोशीको स्वास्थ्य अवस्थामा सुधार आएको जानकारी दिएका छन् ।