२०८१ बैशाख ६ , बिहिवार

वायुसेवा निगमको टिकट अनलाइनबाटै खरिद गर्न सकिने

सुनाखरी न्युज / काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले दशैंको अवसर पारेर आफ्नो उडान सेवा भएका सबै अन्तर्राष्ट्रिय सेक्टरहरुमा अनलाइन टिकेटिङ्ग मार्फत टिकट बुकिङ्ग सेवा शुरु गरेको छ ।

 

यात्रुले आफू बसेकै ठाउँबाट निगमको वेवसाइट नेपाल एयरलाइन्स डटकमडटएनपीबाट अनलाइन बुकिङ्ग गरी आफ्नो उडान गन्तव्यको टिकट खरिद गर्न सक्ने निगमले जनाएको हो ।

 

निगमले हाल दिल्ली, मुम्वई, बैंगलौर, दुवई, दोहा, हङ्गकङ्ग, क्वालालाम्पुर, बैंकक, नारिता र रियादमा आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ ।