२०८० चैत्र १५ , बिहिवार

किसान बहुउद्देश्यीय सहकारीको अध्यक्षमा तिमिल्सिना

गोविन्द तिमिल्सिना / हेमजा । किसान बहुउद्देश्यीय सहकारी संस्था पोखरा २५ हेमजाको २० औं वार्षिक साधारण सभा तथा ११ औं अधिबेशन सोमबार सम्पन्न भएको छ । अधिबेशनले मोतीराम तिमिल्सिनाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।

 

उपाध्यक्षमा भगवती बजगाई, सचिव बुद्धि प्रसाद बाँस्तोला, कोषाध्यक्ष झंकनाथ तिमिल्सिना र सहसचिवमा लक्ष्मी अधिकारी तिमिल्सिना चयन भएका छन् । त्षस्तै अन्य सदस्यमा श्याम बहादुर कुवँर, अरूणा घिमिरे, जनार्दन बाँस्तोला र टिकामायाँ श्रेष्ठ चयन भएका छन् । दुर्गादत्त पौडेलको संयोजकत्वमा लेखा तथा सुपरिवेक्षण समिति चयन भएको छ । जसको सदस्यमा अप्सरा तिमिल्सिना र सञ्जय घर्ती रहेका छन् ।

 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रवक्ता एवं वडा न. २५ का वडा अध्यक्ष मोतीलाल तिमिल्सिनाले सहकारीलाई माथि लान सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे । कार्यक्रममा सहकारी रजिस्ट्रार कार्यालय गण्डकी प्रदेशका साखा अधिकृत चोलाकान्त वाग्ले, वडा न. २५ वडा सदस्य धन कुमारी पोखरेल तिमिल्सिना, सफल कृपा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष धन बहादुर थापा, गौरी शंकर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रुद्रनाथ पौडेल र शेयर सदस्य जित बहादुर कार्कीले आफ्नो भनाइ राखेका थिए ।

उपाध्यक्ष ऋषि तिमिल्सिनाले स्वागत गरि सुरु भएको कार्यक्रममा शिक्षा उप-समिति संयोजक तिलक प्रसाद तिमिल्सिनाले सहकारीको सात सिद्धान्त वाचन गरेका थिए । कार्यक्रममा सचिव गोविन्दराज पौडेलले वार्षिक प्रगति प्रतिबेदन र कोषाध्यक्ष बुद्धिप्रसाद बाँस्तोलाले आर्थिक प्रतिबेदन प्रस्तुत गरेकोमा सभाले पारित गरेको थियो । संस्थाका अध्यक्ष मोतीराम तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव गोविन्दराज पौडेलले गरेका थिए ।