२०८० चैत्र १६ , शुक्रवार

ढुक्क भएर चाडपर्व मनाउनुस मकवानपुर प्रहरी प्रमुख : गौतम

सुनाखरी न्युज / मकवानपु। जिल्ला प्रहरी कार्यलय मकवानपुरले दशैको अवसरमा २४ सै घण्टा परिचालन हने र यात्रु बसमा प्रहरी गस्तीको टोली खटाउदै चाडपर्व लाई सुरक्षिती र मर्यादित बनाउन आफ्ना सुरक्षा योजनाहरु सार्वाजनिक गरेको छ ।

 

जिल्ला प्रहरी कार्यालय मकवानपुरमा सोमबार चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गर्दै मकवानपुरका प्रहरी उपरीक्षक बामदेव गौतमले प्रहरीले सार्वजनिक गरेको सुरक्षा योजना अनुसार चाडपर्वको समयमा मकवानपुरमा २४ घण्टै प्रहरी परिचालन हुने भएको छ । सोमबार पत्रकारहरुसँग कुरा गर्दै जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रमुख (प्रहरी उपरीक्षक) गौतमले चाडपर्व सुरु भए लगत्तै प्रहरी परिचालनमा कडाई गरिने जानकारी दिए। उनले चाडपर्वको समयमा प्रहरी कर्मचारीलाई विदा नदिएको र विदामा रहेकालाई समेत फिर्ता बोलाएको बताएका छन्।

 

सुरक्षा योजना सार्वजनिक कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक चुडा कुमारी खड्का,रामचन्द्र घिमिरे,वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक केशर कुमार न्यौपाने,इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक सुमन बाँनिया लगायतको उपस्थिती रहेको थियो।