२०८० चैत्र १६ , शुक्रवार

सुरक्षित यात्राको कामना गर्दै ट्राफिक प्रहरीद्धारा चालकलाई फुलमाला

सुनाखरी न्युज / काठमाडौं । चाडपर्वलाई लक्षित गरेर लामो दूरीमा चल्ने सवारी साधनका चालकलाई आज काठमाडौँको नयाँ बसपार्कमा फुलमाला लगाएर सुरक्षित यात्राको कामना गरिएको छ ।

 

काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवसायी र सामुदायिक सेवा केन्द्र वसपार्कका पदाधिकारी सहितको टोलीले चालकलाई माला लगाएर सुरक्षित यात्राको कामना गरेको छ ।

 

दशैं, तिहार लगायतका पर्वहरू मनाउनका लागि काठमाडौँ उपत्यकाबाट बाहिरिने सवारी साधन र यात्रुको चाप बढ्दो छ । यो समयमा थप सचेत भएर सवारी साधन चलाउन आवश्यक रहेकाले चालकलाई हौसला प्रदान गरिएको पनि प्रहरी नायब उपरीक्षक रोकाले बताउनु भएको छ ।