२०८१ बैशाख ७ , शुक्रवार

प्रतिक्षा बनिन् ‘सेञ्चुरी मिस टिन’

सुनाखरी न्युज / काठमाडौं । सेञ्चुरी मिस टिन नेपाल-२०२२ को उपाधि काठमाडौंकी प्रतीक्षा डंगोलले जितेकी छन् । आइतबार बेलुकी राष्ट्रिय नाँचघर जमलमा आयोजित ग्राण्ड फिनालेमा अन्य प्रतिस्पर्धीलाई पछि पार्दै डंगोलले मिस टिन नेपालको अठारौँ संस्करणको ताज जितेकी हुन् ।

प्रतियोगितामा सुस्मिता अधिकारी फष्ट रनरअप र सुस्मिता पौडेल सेकेण्ड रनर अप भएका छन्। काठमाडौं जेसीजले आयोजना गरेको प्रतियोगितामा खल्ती पब्लिक च्वाइस अवार्ड परिका भण्डारी बनिन् । हेल्दी बेस्ट स्किनको अवार्ड पूजा वली, नामी मिस इन्टेलेक्चुअल अवार्ड विभूषा बस्नेत र डी जिम मिस एथ्लेटको अवार्ड विसुका कोइरालाले जितिन् ।

 

त्यस्तै, एनआइसी एसिया मिलनसार अवार्ड सुस्मिता अधिकारी, केटिएम रस बेस्ट वाक सुम्निमा पुरी र कुण्डलिनी ब्यांक्वेट मिस ट्यालेन्टको अवार्ड परिका भण्डारीले जितिन् । मिस टिनले क्राउनसहित नगद ३० हजार , फष्ट रनरअपले २० हजार र सेकेण्ड रनरअपले १० हजार प्राप्त गरे । उनीहरूले विभिन्न सामाजिक कार्य र परियोजनामा काम गर्ने अवसर समेत प्राप्त गर्ने आयोजक काठमाडौं जेसीजका अध्यक्ष अनुप सुनुवारले बताए ।