२०८० चैत्र १६ , शुक्रवार

टाटा मोटर्सको दशैं अफर

सुनाखरी न्युज / काठमाडौं । नेपालका लागी टाटा मोटर्सको एकमात्र अधिकारिक बितरक, सिप्रदी ट्रेडीङ्ग प्रा. लि. ले प्यासेन्जर भहिकल सेग्मेन्टका लागि वडादशैं २०७९ को अवसरमा वडा पर्वको वडा अफर दशैं योजना ल्याएको छ ।

 

वडा पर्वको वडा अफर दशैं योजना अन्तर्गत टाटाका गाडीहरु खरिद गर्दा ३ वर्षको वारेन्टी प्राप्त गर्न सकिनेछ । जुनसुकै ब्राण्डका गाडिसंग टाटाका गाडि एक्सचेन्ज गर्दा आकर्षक मुल्याड्ढन प्राप्त गर्न सक्नुहुनेछ भने यस संगै आकर्षक एक्सचेन्ज बोनस पनि प्राप्त गर्न सकिनेछ । यसका साथै निशुल्क नामसारी, एक वर्षको सवारी कर, २ लाख नगद छुट र फाईनान्सको सुविधा लगायतका विशेष आर्कषणहरु रहेका छन । स्टक सिमित मात्रामा भएकाले यस वडा पर्वको वडा अफर अन्तर्गत गाडी खरिद गर्नुहुने ग्राहक महानुभावहरुलाई दशैं अगावै डेलिभरी दिईनेछ ।

 

ग्राहक महानुभावहरुले टाटा मोटर्सको सोरुममा गएर यस कार्यक्रममा सहभागी भई नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अल्ट्रोज, एच फाईभ, नेक्सन, टियागो र टिगोर लगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नुहुनेछ । यस वडादशैंको विशेष अवसरमा टाटा मोटर्सको अत्याधुनिक सोरुममा पाल्नुभइ नयाँ गाडी खरिद गरेर भरपुर फाईदा उठाउनुहुन कम्पनिले अनुरोध गरेको छ । विस्तृत जानकारीका लागि नजिकको टाटा मोटर्स्को शोरुममा सम्पर्क गर्न सक्नुहुनेछ ।